मङ्गलबार, १९ अगस्ट २०२५

देशलाई अनुशासित र राष्ट्रप्रेमी युवा चाहिएको छ: प्रधानमन्त्री

ओलीले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको जिकिर गरे। उनले युवा जगतको चौतर्फी विकासमा सरकार प्रतिबद्ध रहेको जिकिर गरे। उनले राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा एक सच्चा नेपाली नागरिकका रूपमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा धन्यवाद दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिरहा पुगेर प्रचण्डले भने- यहाँ आउदा माइतीघरमा आएजस्तो लाग्छ, भावुक हुन्छु

उनले जनयुद्धकालमा माओवादीले मधेसबाटै सैन्य तालिमको व्यवस्था गरेको बताए। आफूले पहिलोपटक हतियारको तालिम पनि सिराहा-धनुषामा नै लिएको उनले बताए। जनयुद्धमार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेकोले माओवादीलाई अविश्वास गर्नुपर्ने कारण नभएको दाबी गरे। उनले भने, ‘मैले पहिलोचोटि हतियारको तालिम र बम विष्फोटसँग तालिम लिएको पनि सिराहा-धनुषामै हो। जनयुद्धमार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको हो। त्यसैले माओवादीलाई अविश्वास नगर्नुस। माओवादी तपाईंहरूको मुक्तिका लागि समर्पित पार्टी हो।’

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

नयाँ बानेश्वरमा प्रदर्शन, डीएसपी घाइते

काठमाडौँको नयाँ बानेश्वरमा झडपमा डीएसपी गंगा पौडेल घाइते भएका छन्। ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेल घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छोरी हुर्किन थालेपछि गोविन्दासँग छुट्टै बस्न थालेकाे सुनिताकाे बयान

पछिल्लोे समय बलिउडमा एउटा समाचार फैलियो। त्यो थियो गोविन्दा र सुनिता आहूजाको सम्बन्ध बिच्छेदबारे। ३७ वर्षको वैवाहिक जीवन छुट्न लागेको भनेर पूरै सामाजिक सञ्जालमा भाइरल बन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपा नेता मोहन थापा अमेरिकामा पक्राउ, एक सातासम्म गोप्य राखियो पक्राउको जानकारी

थापा बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानाका पूर्व अध्यक्षसमेत हुन्। उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीले जानकारी गराए। थापा लामो समयदेखि नेपाल अमेरिका ओहोरदोहोर गरिरहन्थे। रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठसँग पैसा लेनदेनमा मुछिएका थापामाथि नेपालमा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरु भएपछि अमेरिका फर्किएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाजामा थप ४२ दिन युद्धविराम लम्ब्याउन सहमत

युद्धविराम थप गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकफको प्रस्तावलाई इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अनुमोदन गरेकाे  इसराइली मिडियाहरूले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

याे मधेसकाे पाेशाकमात्रै हाेइन, हाम्राे मन पनि मधेसमै छ भन्ने पनि हाे- प्रचण्ड

पार्टीका सबै पदाधिकारी अहिले मधेसमा रहेको र मधेसी पोशाकमै प्रस्तुत भएको प्रसङ्ग कोट्याउँदै उनले यो पोशाक मात्रै नभई आफूहरुको मन पनि मधेसमा छ भन्ने बिम्ब भएकाे स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेनदेनको विवादमा बन्दुक चल्यो, एकजनाको मृत्यु

उनीहरूबीच लेनदेनका विषयमा विवाद चलिरहेको थियो। शनिबार राति ८ बजेतिर विवाद चर्किएपछि कर्णले सुरेन्द्रलाई गोली हानेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको सचिवालय, जसपाको केन्द्रीय समिति बैठक बस्दै

संसदमा पेश भएका विधेयकहरूबारे सत्तारुढ दलभित्रै विवाद छ भने विपक्षीहरूले त्यसको विरोध गरिरहेका छन्। संसदको हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही दिनअघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केही विधेयकहरू ल्याएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ह्वाइट हाउसमा अपमान, बेलायतमा ‘न्यानो स्वागत’

बेलायत भने युरोप र अमेरिकाबीचको पुल बन्ने कोसिस गरिरहेको छ। अमेरिकाबाट अपमानित भएर आएका जेलेन्स्कीलाई बेलायतले न्यानो स्वागत र सैन्य सहायताको सगुनमात्रै दिएको छैन बरु यो मामला हल गर्नका लागि बेलायतले युरापेली नेताहरूको बैठक पनि आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसका समस्याको समाधान माओवादीले मात्रै गर्नसक्छ: प्रचण्ड

मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको उनले स्पष्ट गरे । महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले अब मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए । मधेसी जनता वास्तविक देशभक्त र सीमारक्षकको रुपमा रहेको उल्लेख गर्दै उनले उनीहरूको सम्मान गर्नुको साटो अरु देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएकाले यसलाई प्रभावकारी कार्यक्रममार्फत नै अन्त्य गर्न सकिने र त्यसको नेतृत्व माओवादीले मात्रै गर्नसक्ने बताए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्यानडाको टोरन्टोमा ‘जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन-२०२५’ आयोजना हुँदै

‘विश्वभर करिब २६ करोड मानिस जाति, वंश, र वंशजका आधारमा अमानवीय व्यवहार र विभेदको शिकार भइरहेका छन्। जातिभेद दक्षिण एशियाबाट उत्पन्न भएको भए तापनि अहिले यो समस्या विश्वव्यापी बनिसकेको छ,’ सम्मेलन आयोजक समितिका अध्यक्ष डा. द्रोण रसालीले बताए। यस सन्दर्भमा, यस वैश्विक सम्मेलनले जातीय भेदभाव अन्त्य गर्नका लागि उत्कृष्ट अभ्यास र समाधानहरूबारे अन्तर्राष्ट्रिय संवाद अघि बढाउनेछ। साथै, यो सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारहरू, समुदायहरू, सरोकारवाला निकायहरू, तथा लक्षित समूहहरूको ध्यान जातीय विभेद अन्त्यका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा केन्द्रित गराउने लक्ष्य राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पदयात्रामा सावधानी अपनाउन सशस्त्र प्रहरीको अनुरोध

चुमनुब्री-१ साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई साबधान रहन भनेको हो। केही दिनयता भएको भारी हिमपातले बाटोघाटो अबरुद्ध भएपछि बीओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको छ। यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरी बलका बोर्डर आउटपोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बीओपी स्थापना गरिने योजना रहेकोले हाल रहेका बीओपीहरूले ती क्षेत्रमा बिपद् उद्दारलाई पनि उच्च प्राथमिकता राखेर कार्य गरिरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘केभीआर स्टेज रेस च्यालेन्ज’मा लोकेन्द्र राई र सोनिमा शेर्पा विजेता

फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्र राईले निर्धारित दुरी तीन घण्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे। प्रविन ताम्लिङ तीन घण्टा ५७ मिनेट ४० सकेन्ड समय लगाएर उपविजेता र रामचन्द्र महतारा चार घण्टा ०८ मिनेटमा दौड पुरा गरेर तेस्रो भए। महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घण्टा ०३ मिनेट ४० सकेन्डमा दौड पूरा गरिन्। यसैगरी उपविजेतामा चित्त बुझाएकी एनी माइ बानले पाँच घण्टा २२ मिनेट ०८ सकेन्ड समय लगाइन्। अनिशा गुरुङले पाँच घण्टा ५१ मिनेट ४४ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बादलको दाबी- कांग्रेस-माओवादी अवसरवादी हुन्, मुलुकको अवस्था बदल्न सक्दैनन्

उनले भने, ‘कांग्रेस, माओवादीलगायत पार्टीहरूले मुलुकको आर्थिक असमानता र गरिबीको खाडल अन्त्य गर्न सक्दैनन्। एमालेको नेतृत्वमा मात्र यो सम्भव छ।’ उनले माओवादी, कांग्रेसलगायतका दललाई अवसरवादी र अस्थिरतावादीको संज्ञा दिँदै यी दलबाट नेपालमा समाजवाद स्थापना सम्भव नरहेको ठोकुवा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रिंकु सदा मृत्यु प्रकरण- प्रचण्डद्वारा प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल

अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग आजै भेट गरेको उल्लेख गर्दै परिवारले हत्या नै भएको आशंका गरेकाले संवेदनशील भएर सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरे। बलात्कारपछि पञ्चायतले मिलापत्र गराउन खोजेकाले बलात्कार भएको देखिए पनि हत्या वा आत्महत्या के हो यथार्थ छानबिन हुनुपर्ने र दर्ता भएका सबै जाहेरीमा अनुसन्धान हुनुपर्ने उनले बताए। अध्यक्ष प्रचण्डले सिरहामै दाइजोसँग जोडिएको घटनामा अर्की एक महिलाको पनि मृत्यु भएको र यसको अनुसन्धानमा ध्यान नपुगेको परिवारबाट गुनासो आएकाले सो घटनाको पनि यथार्थ अनुसन्धान गर्न आग्रह गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

‘ऋतु’बाट उपन्यासकार बन्दै साहित्यकार लक्ष्मीलोचना वैद्य

समयले त धेरै परीक्षा लिइसकेको थियो, त्यो क्षण एउटा परीक्षा विधाताले पनि लिँदै थियो। सायद मान्छेको जिन्दगी परीक्षा नै परीक्षाले भरिएको छ। सानो छँदा स्कुले परीक्षासँग निकै डर लाग्थ्यो। त्यो परीक्षा सानोमा सुनाइने दन्त्यकथाको दैत्यजस्तो डरलाग्दो लाग्थ्यो तर अहिले जिन्दगीले लिइरहेको परीक्षा कुनै भयानक दैत्यभन्दा कम थिएन। त्यो बेला तीन महिनाको एकचोटि आउने परीक्षालाई पनि कहिल्यै नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। तर, अहिले म जिन्दगीको हरेक प्रहरमा नयाँ-नयाँ परीक्षा दिँदै थिएँ। समयले लिने यो परीक्षाले उफ् भन्ने मौकासमेत दिएको थिएन। कहिले साहस बटुलेर अगाडि बढ्छु कहिले निराश भएर आँसु झार्छु अनि कहिले जित्ने कल्पनाले खुसी हुन्छु।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध’ निम्त्याउन खोजेको आरोप लगाएपछि…

ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ। वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीले माग गरे अनुसार संयुक्त राज्यले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन नसक्ने टिप्पणी गरेका थिए। ट्रम्पले भनेका थिए, ‘जेलेन्स्की अमेरिकी समर्थनका लागि तयार छैनन् र उनी ‘तेस्रो विश्वयुद्धका लागि जुवा’ खेल्न खोज्दैछन्।’ अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्न र रुसको प्रभाव रोक्न वासिङ्टन पुगेका जेलेन्स्कीलाई ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिकाको अपमान गरेको आरोप लगाएपछि बैठक तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

लागूऔषधले समाजलाई खोक्रो बनाउँदैछः गृहमन्त्री

उनले भने, ‘लागूऔषध अत्यन्तै चुनौतिका रुपमा देखिसकिएको छ। समाजका लागि एउटा घातकको रुपमा देखा परेको छ। खास गरेर युवाहरूमा यसले अत्यन्तै नकारात्मक असर पारिरहेको छ। समाजकै लागि चुनौतिपूर्ण बन्दै गइरहेको छ। व्यक्ति व्यक्तिलाई यसले समाप्त गर्दैछ। समग्र समाजलाई यसले खोक्रो बनाउँदैछ। समाजलाई यसले आक्रान्त गरिरहेको छ भयानक रुपले। जो व्यक्ति लागूऔषधको दुर्व्यसनमा परेको छ उसको त जीवन समाप्तीतर्फ गएकै छ। तर समग्र परिवारले अत्यन्त पीडा र चिन्तामा जीवन निर्वाह गर्नुपरेको अवस्था छ।’ उनले समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध भएको बताए। उनले यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय फुटबल खेलाडी प्रिती राई सम्मानित

सम्मान गर्दै फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले खेलकुदमा महिला टोलीले गरिरहेको प्रदर्शन एकदमै उत्कृष्ट रहेको बताए। उनले खेलकुदमा राष्ट्रको अगाडि जुन किसिमको प्रदर्शन नेपाली महिला टिमले गरेको छ त्यसले नेपाललाई विश्वसामू चिनाउन मद्दत पुर्‍याएको बताए। उनले भने, ‘खेलकुदमा महिला टोलीले जुन किसिमको प्रर्दशन गरिरहनु भएको छ यो एकदमै उत्कृष्ट छ। फुटबलमा प्रिती राईको भूमिका धेरै नै छ। खेलकुदको कुराहरूले गर्दा नेपाललाई विश्वले चिनिरहेको छ। उहाँले राष्ट्रका लागि जुन किसिमको प्रदर्शन गर्नु भएको  छ त्यो सम्झन लायक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं