बिएल संवाददाता
सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी कार्यालय च्यासमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा समसामयिक राजनीति, संसदमा बिचाराधीन विधेयकलगायतका विषयमा छलफल हुनेछ।
संसदमा पेश भएका विधेयकहरूबारे सत्तारुढ दलभित्रै विवाद छ भने विपक्षीहरूले त्यसको विरोध गरिरहेका छन्। संसदको हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही दिनअघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केही विधेयकहरू ल्याएको थियो।
आजै जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक पनि सुरु हुँदैछ।
तीन दिनसम्म चल्ने बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभिायान’ को समीक्षा हुने पार्टीले जनाएको छ।
बैठकमा राजनीतिक परिस्थिति तथा सरकारले ल्याएका ६ अध्यादेशबारे छलफल गर्ने तयारी छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया