बिएल संवाददाता
ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभीआर स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन्।
फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्र राईले निर्धारित दुरी तीन घण्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे। प्रविन ताम्लिङ तीन घण्टा ५७ मिनेट ४० सकेन्ड समय लगाएर उपविजेता र रामचन्द्र महतारा चार घण्टा ०८ मिनेटमा दौड पुरा गरेर तेस्रो भए।
महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घण्टा ०३ मिनेट ४० सकेन्डमा दौड पूरा गरिन्। यसैगरी उपविजेतामा चित्त बुझाएकी एनी माइ बानले पाँच घण्टा २२ मिनेट ०८ सकेन्ड समय लगाइन्। अनिशा गुरुङले पाँच घण्टा ५१ मिनेट ४४ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन्।
सो स्टेज रेस च्यालेन्सको पाचौं चरणमा २० विदेशीसहित कूल ५६ जना धावक धाविकाको सहभागिता थियो। नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरूलाई पुरस्कार प्रदान गरे।
मञ्जुश्री ट्रेल रेस आगामी चैत १ देखि ३ गते सम्म हुने आयोजक ट्रायलमान्डुले जनाएको छ।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया