मङ्गलबार, १९ अगस्ट २०२५

पदयात्रामा सावधानी अपनाउन सशस्त्र प्रहरीको अनुरोध

News Image
• • •

सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा साबधानी अपनाउन अनुरोध गरेको छ।

चुमनुब्री-१ साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई साबधान रहन भनेको हो। केही दिनयता भएको भारी हिमपातले बाटोघाटो अबरुद्ध भएपछि बीओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको छ।

यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरी बलका बोर्डर आउटपोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बीओपी स्थापना गरिने योजना रहेकोले हाल रहेका बीओपीहरूले ती क्षेत्रमा बिपद् उद्दारलाई पनि उच्च प्राथमिकता राखेर कार्य गरिरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

हाल उत्तरतर्फ १० वटा बीओपी रहेकोमा प्रत्येक १० किलोमिटरमा स्थापना गर्ने संगठनको दिर्घकालिन लक्ष्य छ। हिमाली क्षेत्रमा आवतजावत गर्दा कुनै समस्या भएमा र सूचनाको लागि सशस्त्र प्रहरी बलको हटलाइन नम्बर १११४ मा फोन गर्न समेत अनुरोध गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!