बिएल संवाददाता
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेपाली कांग्रेस, माओवादी लगायत दलहरूले मुलुकको अवस्था बदल्न नसक्ने टिप्पणी गरेका छन्।
शनिबार एमाले मोरङको १०औं अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले र एमालेको नेतृत्वबाट मात्रै मुलुकको अवस्था बदल्न सम्भव रहेको दाबी गरे। उनले एमाले मात्रै क्रान्तिकारी पार्टी रहेको र मुलुकका सबै समस्याको समाधान गर्न सक्ने बताए।
उनले भने, ‘कांग्रेस, माओवादीलगायत पार्टीहरूले मुलुकको आर्थिक असमानता र गरिबीको खाडल अन्त्य गर्न सक्दैनन्। एमालेको नेतृत्वमा मात्र यो सम्भव छ।’
उनले माओवादी, कांग्रेसलगायतका दललाई अवसरवादी र अस्थिरतावादीको संज्ञा दिँदै यी दलबाट नेपालमा समाजवाद स्थापना सम्भव नरहेको ठोकुवा गरे।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया