
सिरहामा सय बढी कांग्रेसका नेताकार्यकर्ता माओवादीमा प्रवेश
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही-४ इटाटारमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उनीहरूलाई पार्टी प्रवेश गराएका थिए। गत स्थानीय निर्वाचनमा सो वडा माओवादीले जितेको थियो भने काङ्ग्रेस दोस्रो भएको थियो। शनिबार माओवादी केन्द्र प्रवेश गरेका यादवले निर्वाचनमा ५२५ मत पाएका थिए। यो वडामा यादव समुदायको बाहुल्यता छ। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रीत अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताए।

बिएल संवाददाता - सिरहा