बिएल संवाददाता
अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग अत्यन्तै अर्थपूर्ण वार्ता भएको दाबी गरेका छन्।
जेलेन्स्कीसँगको तनावपूर्ण वार्ता लगत्तै उनले भावनात्मक कुराले काम नगर्ने भन्दै आक्रोश र दवाबमा गरिएको कुराकानीले धेरै कुरा सिकाएको बताए।
आफ्नो सामाजिक सन्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै उनले जेलेन्स्कीले अमेरिकाको साथलाई आफ्नो फाइदाका लागि प्रयोग गरेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘आज ह्वाइट हाउसमा हाम्रो धेरै अर्थपूर्ण बैठक भयो। धेरै कुरा सिकियो जुन यस्तो आक्रोश र दबाबमा गरिएको कुराकानी बिना कहिल्यै बुझ्न सकिँदैन। भावनात्मक कुराबाट जे निस्किएको छ त्यो कुरा अचम्मको छ, र मैले यो बुझेको छु कि यदि अबसम्म अमेरिका यसमा संलग्न हुन्छ तबसम्म राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन्, किनभने उनलाई लाग्छ कि हाम्रो संलग्नताले उनलाई वार्ताका लागि ठूलो फाइदा दिन्छ।’
आफूले कुनै पनि फाइदा नचाहेको र शान्ति मात्र चाहेको दाबी गर्दै ट्रम्पले जेलेन्स्की शान्तिको लागि तयार भएको अवस्थामा फेरि ह्वाइट हाउस आउँन सक्ने बताएका छन्।
उनले भनेका छन्, ‘म फाइदा लिन चाहन्न, म शान्ति चाहन्छु। उनले ओभल अफिसमा संयुक्त राज्य अमेरिकाको अनादर गरे। उनी जब शान्तिको लागि तयार हुन्छन् तब उनी फेरि आउँन सक्छन्।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया