बिएल संवाददाता
सिरहामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वारसहित सय बढी नेताकार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
गत स्थानीय तह निर्वाचनमा सिरहाको औरही नगरपालिका-४ का वडा अध्यक्षका प्रत्यासी गंगाराम यादवसहित एक सय बढी कांग्रेसका नेताकार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही-४ इटाटारमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उनीहरूलाई पार्टी प्रवेश गराएका थिए।
गत स्थानीय निर्वाचनमा सो वडा माओवादीले जितेको थियो भने काङ्ग्रेस दोस्रो भएको थियो। शनिबार माओवादी केन्द्र प्रवेश गरेका यादवले निर्वाचनमा ५२५ मत पाएका थिए। यो वडामा यादव समुदायको बाहुल्यता छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रीत अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताए।
लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको बताए।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया