बिएल संवाददाता
केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाह पोखरालाई आधार क्षेत्र बनाएर आफ्नो गतिविधि गरिरहेका छन्। आफ्नो श्रीमतीसहित पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्रले सपरिवार पोखराका धार्मिकस्थलहरू भ्रमण गरिरहेका छन्।
पूर्वराजा पोखरामा नै रहेर आफ्ना गतिविधिहरू गरिरहेका बखत पोखरामा राजावादीहरूको गतिविधि ह्वात्तै बढिरहेको छ। संबैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको माग गरिरहेको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा विशाल प्रदर्शन गरेर शक्ति प्रदर्शन गरिरहेका छन् भने दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानले आज पोखरामा विशाल सभा गर्दैछन। पछिल्लो समय नेपाली राजनीतिक नेताहरूलाई भेट नदिएको भारतले दुर्गा प्रसाईंलाई भेट दिएको छ।
आज पोखरामा हुने बिशाल सभामा आफुले भारतमा गरेको उच्चस्तरीय राजनीतिक भ्रमणका बारेमा आफुले जानकारी दिने प्रसाईंले सामाजिक संजाल फेसबुकबाट जानकारी दिईसकेका छन्। पछिल्लो समय नेपालमा राजसंस्था पूनर्स्थापित गराई छाड्ने कसम खाएका प्रसाईंले संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यका बारेमा आज कस्तो घोषणा गर्ने हुन? त्यो प्रतिक्षाको बिषय छ।
यसैबिच पूर्व राजा ज्ञानेन्द्र शाहले हाँकेको गाडी पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित जेब्रा क्रसमा पार्किङ्ग गरिएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया