मङ्गलबार, १९ अगस्ट २०२५

यो सरकार हाम्रो रहरले बनेकै होइनः मीन विश्वकर्मा

उनले भने, ‘प्रचण्डले हामीसँग जादुमय अंग छ। यो सरकार पाँचै वर्ष चल्छ भनेपछि एमाले आत्तियो। उसलाई चिन्ता बढ्यो। हामीले त छोडिसकेका थियौं, विकल्पको खोजीमा थियौं। त्यसकारण अहिलेको सरकार बनाइदिने काम स्वयं प्रचण्डले गरिदिनुभएको हो। हाम्रो रहरले बनेकै होइन यो सरकार। हामीलाई कांग्रेस-एमाले मिल्ने रहरै थिएन। हामी त आमनेसामनेका प्रतिस्पर्धी हौं। बहुदल आएदेखि नै कांग्रेस-एमाले मुख्य प्रतिस्पर्धी हौं। त्यसैले हामी उहाँहरूसँग मिलेर सरकारमा सँगै जाने पक्षमै थिएनौं।’ उनले कांग्रेस-एमाले नमिल्दा सरकारै नबन्ने भएपछि अन्तिम विकल्पको रुपमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अहिलेको सरकार बनेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

पशुपति बालुवामा भ्रष्टाचार: पूर्वएलडीओसहित तीन जना पक्राउ

पशुपतिको बालुवाखानी भ्रष्टाचारमा दोषी ठहरिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे।  पक्राउ पर्नेहरूमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजुकुमार रेग्मी रहेको सीआईबीका प्रवक्ता युवराज खड्का रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीसँग विश्व फुटबलका लिजेन्ड बुफोनको भेट

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको मुद्दामा आज सुनुवाइ हुँदैछ।  सुनुवाइका लागि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेशी तोकिएको छ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा उनी असार–५ गते  कञ्चनपुरबाट पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘भिख’ मागेर देश चल्दैन–विप्लव

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘भिख’मागेर देश समृद्धि नहुने बताएका छन्।  वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले अन्य देशसँग सहयोगको नाममा भिख मागेर देश समृद्धि नहुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्डलाई रेखाको कटाक्ष–सुन चर्पी खोई?

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ अन्तर्गत मधेसमा निस्किएको विषयलाई कोट्याउँदै उनले लेखेकी छन्, ‘हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र? फेरि एक चोटी मधेसतिर लालसेना खोज्न हिडेँछन् काम्रेडहरू, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो? चटक पनि कत्ति जानेको?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बस्तीमा बाघ पस्यो, दुईजना घाइते

जिल्ला प्रशासन कार्यालयले बाघ नियन्त्रणका लागि कोसीटप्पु बन्यजन्त आरक्षणबाट प्राविधिकहरूको टोली बोलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्ववियु निर्वाचन: आज विद्यार्थी संगठनहरू दर्ता हुँदै

त्यस्तै फागुन २६ मा उम्मेदवारहरूको मनोनयन र २८ गते उम्मेदवारहरूको नामावली प्रकाशित हुनेछ। दाबिविरोध र उम्मेदवारी फिर्तापछि फागुन २९मा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युक्रेनका लागि लण्डनमा जुटेका युरोपेली नेताहरूले के गरे?

पहिलो, सबै युरोपेली राष्ट्रहरूले युक्रेनलाई सहायता प्रदान गर्नका लागि अझ धेरै योगदान दिनुपर्नेछ। दोस्रो, रुस र युक्रेनमात्रै होइन अहिले पूरै विश्वलाई शान्ति चाहिएको छ र त्यो शान्ति स्थापनाका लागि युरोपले नै अगुवाइ गर्नुपर्नेछ। तेस्रो नेटोलाई अझ बलियो बनाइराख्नुपर्नेछ। त्यसका लागि युरोपले आफ्नो रक्षा बजेटमा अझ वृद्धि गर्नुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशभरका क्षेत्रीय सभापतिहरूलाई देउवाले सम्बोधन गर्दै

प्रशिक्षणका लागि महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि भैरहवा पुग्दैछन्। आइतबारमात्रै काँग्रेसको सूचना तथा सञ्चार विभागले बुटवलमा भेला गरेको थियो। यो भेलालाई काँग्रेस नेता डा. शेखर कोइराला, मिनेन्द्र रिजाल तथा बालकृष्ण खाणलगायतका नेताहरू सम्बोधन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

होटेलमा मदिरा सेवन गर्दै गर्दा पुरुषको मृत्यु

सुलिचौर स्थित थकाली होटल एण्ड लज मा उक्त घटना घटेको हो। मृत्यु हुने व्यक्ति लुङ्ग्री गाँउपालिका-६ उपल्लो गुम्चाल बस्ने बर्ष अं.३३ को रोम बहादुर बुढाथोकी रहेको प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिए। घटना  बेलुकी साढे ३ बजेको समयमा घटेको थियो। तर प्रहरीले ५ बजेमात्र जानकारी पाएको थियोे।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक परेको छ। शक्तिका पिता डण्डवीर बस्नेतको आइतबार ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन पारिवारीक स्रोतले बताएको हो। उनको पार्थिव शरिर भोलि दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने आफन्तले जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल एकता पार्टीको उपत्यका कमिटी गठन

बलराम थापाको संयोजगत्वमा ९ सदस्यीय समिती गठन भएको हो। नेपाल एकता पार्टीको  केन्द्रीय कार्यालय कोटेश्वरमा एक कार्यक्रमको बीच उपत्यका समन्वय समिती गठन भएको हो। पार्टीका अध्यक्ष डाक्टर महेन्द्रजंग शाहको उपस्थितिमा समन्वय समिती गठन भएको हो। भर्खरै स्थापना भएको नेपाल एकता पार्टीले देशव्यापी रुपमा आफ्नो संगठन बिस्तार गर्न थालेको छ। कानुनविद् डाक्टर महेन्द्रजंग थापाको नेतृत्व र स्वच्छ छविका कारण पार्टीमा बुद्धिजिवीहरूले पनि धमाधम सदस्यता लिन थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पले अपमान गरेपछि जेलेन्स्कीलाई रुसी पूर्वराष्ट्रपतिले भने- अहंकारी सुुँगुरले झापड भेट्यो

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अपमान गर्दै ह्वाइट हाउसबाट निकालेको विषयमा रुसका पूर्वराष्ट्रपतिले प्रतिक्रिया दिएका छन्। रुसी पूर्वप्रधानमन्त्री तथा पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले सामाजिक सञ्जालमार्फत जेलेन्स्कीलाई अहंकारी सुँगुरको संज्ञा दिएका छन्। शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मेदभेदेवले सुँगुरले अमेरिकाको गतिलो झापड पाएको भन्दै व्यंग्य गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रशासकीय अधिकृत नपाएको झोंकमा मेयरले सीडीओलाई सुम्पिए तालाचाबी

सामान्य प्रशासन मन्त्रालयको पत्रले निमित्त प्रशासकीय अधिकृत हटेको एक महिनापछि प्रमुख प्रशासकीय अधिकृत उपसचिव होमप्रसाद घिमिरेलाई भंगहामा खटाइएको थियो। तर, अधिकृत हालसम्म पनि हाजिर नभएपछि मेयरले पालिकाको साँचो प्रजिअलाई बुझाएका हुन्। नगरप्रमुख साहले निमित्तलाई हटाएपछि आफूले लगातार मन्त्रालयमै पुगेर प्रमुख प्रशासकीय अधिकृतको माग गरेपछि एकजना खटाइएको तर उनी हालसम्म हाजिर नभएपछि कार्यालय सञ्चालन हुने अवस्था नभएपछि पालिकाका सबै कार्यालयहरूमा तालाबन्दी गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोकगीतलाई मौलिक शैलीमा गाएर भाइरल भएकी राधा बादी रहिनन्…

४२ वर्षीय राधिकाको आइतबार बिहान कालिकोटको पलाँता गाउँपालिका-४, थिरपुमा निधन भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। राधिका पछिल्लो दुई दिनदेखि बिरामी थिइन्। बाजुराको बडिमालिका नगरपालिका-२ का जोगेन्द्र बादीसँग दोस्रो विवाह गरेकी राधिकाको माइती बझाङ हो। बाजुराको जगनाथ गाउँपालिका आसपास मादल बजाएर गीत गाउँदै हिँड्ने श्रीमान-श्रीमतीको जोडीलाई सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

मधेसको पहिचानका लागि सबैभन्दा बढी त्याग गर्ने पार्टी हो ‘माओवादी’: प्रचण्ड

मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले स्पष्ट गरे। अध्यक्ष प्रचण्डले अब आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति संभव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

नेपाली पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियन नियुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रस नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार रसलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसको नेतृत्व गर्न सक्षम छु, पार्टीलाई मजबुत बनाउँछु: प्रकाशमान सिंह

पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री सिंहले आफू अहिले रहेको पदबाट कुनै पनि हालतमा पछाडि नहट्ने संकल्प गरे। उनले भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्नेभन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ। तर, जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन।’ उनले विद्यार्थीकालदेखि सुरु भएको आफ्नो राजनीतिक यात्रा स्थानीय तह हुँदै पार्टी नेतृत्वमा अपुग्दासम्म अनुभवले थप जिम्मेवारी सम्हाल्न सक्षम भएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी अस्पताललाई ‘बिमाको औषधि छैन’ भन्ने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल

उनले भने, ‘सरकारले तोकेका औषधिहरू अनिवार्य राख्नुपर्छ। अब पनि औषधि छैन भन्नु गैरकानुनी हो। चिकित्सकले लेखेका औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन। लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको छ।’ उनले चिकित्सकहरू सुगममा मात्र बस्न रुचाउने गरेकोले अब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम