बिएल संवाददाता
महोत्तरीको भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले पालिकाका सबै शाखा र वडा कार्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्।
४० दिनदेखि पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि मेयर साहले प्रजिअ लालबाबु कवारीलाई साँचो सुम्पिएका हुन्।
सामान्य प्रशासन मन्त्रालयको पत्रले निमित्त प्रशासकीय अधिकृत हटेको एक महिनापछि प्रमुख प्रशासकीय अधिकृत उपसचिव होमप्रसाद घिमिरेलाई भंगहामा खटाइएको थियो। तर, अधिकृत हालसम्म पनि हाजिर नभएपछि मेयरले पालिकाको साँचो प्रजिअलाई बुझाएका हुन्।
नगरप्रमुख साहले निमित्तलाई हटाएपछि आफूले लगातार मन्त्रालयमै पुगेर प्रमुख प्रशासकीय अधिकृतको माग गरेपछि एकजना खटाइएको तर उनी हालसम्म हाजिर नभएपछि कार्यालय सञ्चालन हुने अवस्था नभएपछि पालिकाका सबै कार्यालयहरूमा तालाबन्दी गरेको बताएका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया