मङ्गलबार, १९ अगस्ट २०२५

पहिलो नम्बरकी संगीतालाई उछिन्दै डा. विकास भए स्वास्थ्य सचिव

नेपालमा कोरोना महामारी सुरु हुनेबेला उनी मन्त्रालयको प्रवक्ताको भूमिकामा थिए। त्यो बेला हरेक दिन मन्त्रालयले महामारीका बारेमा प्रत्यक्ष जानकारी दिने गरेको थियो। त्यही बेला डा. देवकोटा छोटो समयका लागि निकै चर्चित भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हमासलाई ट्रम्पको ‘अन्तिम’ चेतावनी: अहिले नै सबै बन्धक नछोडे तिमीहरू सकिनेछौं

‘हमासका लागि यो अन्तिम चेतावनी हो। अब गाजा छोड्ने समय आइसकेको छ। गाजाका नागरिकका लागि एक सुन्दर भविष्य उनीहरूलाई पर्खिरहेको छ। तर बन्धकलाई नछोड्ने हो भने तिमीहरू सबै सकिनेछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईसीसी च्याम्पियन्स ट्रफी फाइनल: भारत र न्युजिल्यान्ड भिड्दै

त्यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६२ रन बनाएको थियो। यो च्याम्पियन ट्रफीको हालसम्मकै ठूलो स्कोर हो। आइतबार हुने फाइनलमा न्युजिल्याण्डले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाले स्वीकृत गरेका पाँच अध्यादेश राष्ट्रियसभामा

यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक महिनामा बारा प्रहरीमा १४० उजुरी, ८६ फर्छ्यौट

विवरण अनुसार जिल्ला प्रहरी कार्यालयले एक महिनाको अवधिमा ५२ जना फरार प्रतिवादी पक्राउ गरेको छ। फरार प्रतिवादीबाट १३ लाख ८६ हजार ८ सय रुपैयाँ जरिवानासमेत असुल भएको छ। त्यस्तै एक महिनाको अवधिमा ३ करोड ५८ लाख ४० हजार रुपैयाँ भन्सार/राजश्व संकलन गरेको छ। लागु औषध मुद्धामा २ महिलासहित २४ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट ३ सय २० किलो ३०९ ग्राम गाँजा, २९ किलो ४५१ ग्राम अफिम र १७०.४ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। सोही अवधिमा स्रोत नखुलेको हुण्डी रकम तीन लाख २ हजार ५६५ रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

शिरस्थान-नाभिस्थान सडककाे आईईई/ईआईए प्रतिवेदन तत्काल बनाउन सांसद रानाकाे माग

नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानामगरले दैलेखकाे पञ्चकोशी धार्मिक क्षेत्र शिरस्थान-नाभिस्थान सडक स्तराेन्नती कार्यका लागि छिटाे वातावरणीय प्रभाव मूल्यांकन गराउन सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै सांसद रानाले पूर्वाधार विकास कार्यालय दैलेखबाट वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी चालु आर्थिक वर्ष २०८१/०८२ मा ठेक्का खोलिसकेको र उक्त सडकमा सामुदायिक वन पर्ने सडक विस्तार गर्दा सामुदायिक वनका रुख कटान गर्नको लागि आईईई/ईआईए प्रतिवेदन नबनेको कारण देखाई निर्माण कार्य अगाडि नबढेकाले तुरुन्तै प्रतिवेदन बनाउनुपर्ने बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान घिसिङलाई हटाए सडक र सदन तताउने राप्रपाको चेतावनी

उनले भने, ‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमानलाई कारबाही गर्ने मात्र होईन कि शुन्य अंक दिने रे, फेल हुनेलाई पास, पास हुनेलाई फेल कस्तो हो यो? कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ। यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठ्छ।’ त्यस्तै उनले सरकारले विधिको शासन उल्लङ्घन गर्ने काम गरेको भन्दै आपत्ति जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानन्यायाधीशको अनुभव- धर्म छाड्यो भने सबै ध्वस्त हुने रहेछ

उनले भने, ‘मलाई पनि लाग्छ। अहिले चाँही फर्केर हेर्दा लामो अनुभवले मलाई के भन्छ भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ। त्यसैले धर्मसँग हाम्रा सभ्यताहरू, संस्कृतिहरू, परम्पराहरू र रितिरिवाजहरू सबै जोडिएका छन्।’ त्यस्तै, उनले आधुनिकताको नाममा धेरै कुराहरू यताउता पारिएको पनि बताए।  उनले भने, ‘जुन मुद्दामा तामा र तुलसी छोएर यो कुरा बोल भन्दा झुटो बोल्दैन्थ्यो। तर आज त्यो सबै मान्यता छैन्। तर त्यो सबै धर्मले नै गरेको थियो। आधुनिकताको नाममा आज हामीले धेरै कुराहरू यताउता पारेको छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजसेवी मोतीशान्ति शाक्यलाई ‘बोधिचर्या सम्मान’

आर्थिकस्तर कमजोर भएका वर्ग स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन शाक्यको भूमिका उल्लेखनीय रहेको पनि सम्मानपत्रमा भनिएको छ। यस अघि सो सम्मान संस्कृति शिरोमणी हरिराम जोशी, नेवाः आईडल-११४३ का विजेता मञ्जित शाक्यलाई प्रदान गरिएको थियो। फरक क्षमता भएकाहरूलाई समाज र परिवारले हेर्ने दृष्टि परिर्वतनको लागि शाक्यले उनीहरूको दिगो विकास र विस्तार र अपांगमैत्री भवनको अवधारणालाई व्यावहारिक कार्यान्वयन गर्दै आएकी छन्। विभिन्न सामाजिक संघसस्थामा क्रियाशील शाक्यकै अगुवाईमा हालसम्म ५१ भन्दा बढी निःशुल्क स्वास्थ्य शिविर, कमजोर आर्थिकस्तर भएका १ हजार ३ सय भन्दा बढी जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गराइसकेका छन्। यसका साथै भूकम्पमा लडेका सम्पदाको पुनर्निर्माणमा शाक्य सक्रिय छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदनले चाहे अध्यादेश अस्वीकार गर्न सक्छः अर्थमन्त्री पौडेल

उनले भने, ‘सदनमा छलफल भईरहेको छ, सदनले निर्णय गर्ने छ। यो सदनले चाहने हो भने अस्वीकार गर्न सक्छ नि। त्यसकारण के भन्न चाहान्छु भने यो सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैन। विचार व्यक्त गर्ने थलो बनाउनु पर्छ। यो कुनै स्वेच्छाचारिताको कुरा होईन, कुनै निरंकुशताको कुरा होईन। सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याएको विषय हो। सदनमा ल्याउन पाउँछ। हाम्रो संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली र हामीले विगतमा गरेको अभ्यासहरूले दिन्छ। त्यसकारण यो लोकतन्त्र हो। सदनमा प्रस्ताव प्रस्तुत गर्नु, छलफल गर्नु र निर्णय गर्नु निरंकुशता हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने जंगली राज तर्फ जाने? यस्तो व्याख्या नगर्न म आग्रह गर्न चाहान्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युगाण्डा भ्रमणमा जान लागेको महिला क्रिकेट टोलीको बिदाई

बुधबार नेपाल क्रिकेट संघ क्यानले मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यही मार्च ८ देखि युगाण्डामा हुने चारदेशीय महिला टी-२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरेको हो। शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता रहने छ। बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव लिनका लागि यो खेलले सहयोग पुग्ने बताए। महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको भन्दै अब जित र हारको मुल्यांकन सुरु भइसकेको पनि बताए। उनले भने, ‘हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौं। खेलाडीहरूले जति नयाँ ठाउँमा खेल्दै गयो त्यति नयाँ अनुभवहरू लिन सकिन्छ। महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको छ। पहिला खेल्दा खासै मतलब हुँदैनथ्यो तर अब जित र हारको मुल्यांकन सुरु भइसकेको छ। हामी तपाईंहरूमा विश्वास गर्छौं, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा छ र शुभकामना पनि दिन चाहान्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षीले अध्यादेशमा काँडैकाँडा देखे, हामी फूलैफूल देख्छौंः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिपक्ष भएपछि विरोध गर्नुपर्छ भन्ने सोचले मात्र सरकारले जारी गरेको अध्यादेशविरुद्ध विरोध भइरहेको दाबी गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो अध्यादेश ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार’ भने जस्तो प्रतिपक्षले काँडैकाँडा मात्र देखे पनि सरकारले फूलै फूल देखेको बताए। उनले सुशासन कायम गर्ने, सार्वजनिक सेवालाई प्रवाह गर्नुपर्ने कुरा आजको दिनमा अति आवश्यक भएको हुनाले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदन नचलेको बेला अध्यादेशमार्फत ल्याएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खबरदार! कुलमानलाई लेखेटे हजारौं कुलमान ल्याउछौंः रास्वपा

उनले भने, ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनीलाई फाईदामा पुर्‍याउनेहरूको मूल्यांकन जीरोमा गरिरहेको छ, विभिन्न बहनामा आफ्ना कार्यकर्ता भर्ती गर्न पाइएन भनेर निष्कासन गरिरहेको छ। विभिन्न प्रपञ्चहरू सिर्जना गरिरहेको छ, त्यसैले सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौं भने हजारौँ कुलमान ल्याउनेछौँ।’ साथै, उनले उदयपुर सिमेन्ट कम्पनीबाट आजभन्दा ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरेका १०३ जनाले आजसम्म पाउनुपर्ने भुक्तानी नपाएको विषय उठाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई ‘हिटलर’ भन्ने पत्रकारको पास खोसियो

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको आरोप थोपरेर पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो। श्रेष्ठ ‘युवा मन नेपाल’ नामक युट्यूव च्यानल र ओली ‘सुनौलो नेपाल’ च्यानलका हुन्। प्रधानमन्त्री ओलीको चासोपछि महासचिव स्तरीय निर्णयबाट यसो गरिएको बताइएको छ। गत फागुन ४ गते बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै गर्दा प्रम ओलीलाई पत्रकारहरूले संसद भवनको ढोकैमा प्रश्न सोधेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानलाई ‘शून्य’ अंक दिएपछि माओवादी असन्तुष्ट, आफ्नै मन्त्रालयको मुल्यांकन हेर्न आग्रह

नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमलान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधिरहेको बताएका छन्। बुधबार  बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि सरकारले हटाउन अनेक बाहाना गरेको भन्दै आपत्ति जनाएका हुन्। साथै उनले सरकारले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाए। कुलमानले आफ्नो कार्य सम्पादनमा झण्डै ९९ अंक दाबी गरेका थिए। तर, सरकारले शून्य अंक दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जनयुद्ध’ कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो थियोः सञ्चारमन्त्री गुरुङ

उनले जनयुद्ध ‘कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने एउटा आत्मघाती बाटो’ भएको उल्लेख गर्दै यसले देशको आर्थिक र सामाजिक सबै क्षेत्रमा ठूलो प्रभाव पारेको बताए। उनले भने, ‘म त जहिले पनि जनयुद्धको विरुद्धमा उभिरहेको छु। जनयुद्ध भनेको कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने एउटा आत्मघाती बाटो हो। हिंसा र विचारमा कुन प्रमुख हुन्छ भन्दा म जहिले पनि विचारको पक्षमा रहने मान्छे हो। धेरै जना माओवादीको आन्दोलनमा होमिए र धेरैले ज्यान पनि गुमाए, कम्युनिष्ट आन्दोलन बद्नाम भयो, खर्बौको सम्पत्ति नोक्सान भयो, आज जुन गाँउहरु रित्तो भएका छन् भन्ने कुरा आउछ यसको सुरुवात जनयुद्धबाट भएको हो। आर्थिक गतिविधिहरु अवरुद्ध भएको पनि त्यही बेला देखि हो। विकासमा पनि २५ वर्ष पछाडि पर्यौं। माओवादी जनयुद्धबाट हामीले सिक्नु पर्ने कुरा के हो भन्दा कुनैपनि क्रान्तिको बाटो र विचार अर्काको नक्कल गरेर गर्नु हुदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

को हुन् अमेरिकाले फिर्ता पठाएका नेपालीहरू?

बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट नेपालीहरूलाई लिएर आएको गल्फ स्ट्रिमको जीआरपी-२३ चार्टर जहाज ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। सो जहाज अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि सोझै नेपाल आएको थियो। अमेरिकाबाट निष्कासितहरूलाई अल्बानियासम्म हत्कडीसमेत लगाइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाले फिर्ता पठाएका नेपालीहरू मानव बेचबिखन ब्युरोको नियन्त्रणमा

स्वदेश फर्किएका उनीहरूलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले अमेरिकाले फर्काएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि भनेर सोधपुछका लागि झिकाइएको बताए। उनले भने, ‘अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना हाम्रो सम्पर्कमा छन्, उहाँहरू कसरी त्यहाँ पुग्नुभयो, मानव बेचबिखन तथा ओसारपसारका भिक्टिम हो कि भन्ने ढंगले सामान्य सोधपुछ गर्नका लागि बोलाएका हौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गठबन्धनको सरकार छ, सबै कुरा कांग्रेसले भनेको हुँदैनः उपप्रधानमन्त्री सिंह

उनले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति,जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजनाहरू छनौट हुने पनि बताए। ‘यो गठबन्धन सरकार हो । सबै कुरा कांग्रेसले भनेको मात्रै हुँदैन। गबन्धनमा रहेका सबै दलले केही न केही लचक हुनुपर्ने अवस्था छ,’ उनले भने। विकास निर्माणको योजना छनौट गर्दा आवश्यक्ताका आधारमा धेरै नागरिक लाभान्वित  हुने योजना प्राथमिकतामा पर्ने भन्दै योजना माग गर्दा त्यस्ता योजना माग गर्नेतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं