मङ्गलबार, १९ अगस्ट २०२५

माइतीघरमा अमेरिकाविरुद्ध प्रदर्शन

विश्व राजनीतिमा अमेरिकाले चालेका कदमहरूको विरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन्। मोर्चाले ‘प्यालेस्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौं स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाऔ!’ भन्ने मुल नाराका साथ प्रदर्शन गरेका हुन्। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरू मिलेर बनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रंगशालामा दर्शक कुट्नेहरू ‘बिल्लाधारी गुण्डा’ होईनन्, ‘गणतन्त्रका सेनानी’ हुन: एमाले सांसद रिजाल

रिजालले जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ, लोकतान्त्रिक गणतन्त्रात्मक नेतृत्वमाथि प्रहार हुन्छ, ती सेनानीहरू चुप लागेर नबस्ने दाबी गरे। उनले भने,‘सभामुख महोदय, सभ्यताको यो थलो संसदमा एक/दुई दिन अगाडिदेखि बडो असभ्य शब्दहरू प्रवेश हुँदैछ। भर्खर भर्खर जंगलबाट शहरतिर छिरेका जम्मो मन्त्रीहरूले यस्ता शब्दहरू अशिष्ट, असभ्य र असंसदीय सभ्यहरू यहाँ राख्ने निरन्तर प्रयास भएको छ। हिजोमात्रै बिल्ला लगाएको गुण्डाहरू भन्ने जुन यहाँ सुनियो, यो संसदीय शब्द होइन। यो असभ्य शब्द हो। म के चूनौति दिन चाहन्छु भने ती बिल्लाधारी गुण्डा होईनन्, ती लोकतन्त्र र गणतन्त्रका सेनानी हुन्। जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ, लोकतान्त्रिक गणतन्त्रात्मक नेतृत्वमाथि प्रहार हुन्छ, ती चुप लागेर बस्दैनन्। जब ती चुप लाग्दैनन्, त्यतिखेर दुनियाँले थाहा पाउनेछ ती सेनानीहरूको ताकद कति हुँदोरहेछ भनेर।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रश्न गरेकै आधारमा पत्रकारको पास खोस्न पाइदैन: रामहरि खतिवडा

उनले भने,‘पत्रकारहरूले प्रश्न सोधेकै भरमा पत्रकारको संसदभित्र आउने परिचयपत्र खोसियो भन्ने सुन्नमा आएको छ। सत्य तथ्य के हो?  कसैले मर्यादित प्रश्न सोध्न पाउनुपर्छ। पत्रकारले प्रश्न गरेकै आधारमा परिचय खोस्ने र भित्र आउन नदिने प्रचल हो भने लोकतन्त्रमा त्यो सुहाउने हुँदैन।’ त्यस्तै उनले अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भएको भन्दै चर्चा चलिरहेको भन्दै सहयोग रकम कति आएको हो र कसले प्रयोग गरे भन्ने श्वेतपत्र जारी गर्न सरकारसँग माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युक्रा न्युयोर्क च्याप्टरको सातौं अधिवेशन सम्पन्न, अरुण राईको नेतृत्वमा १७ सदस्यीय समिति चयन

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका UKROA (यायोख्खा ) न्युयोर्क च्याप्टरले आफ्नो सातौं अधिवेशन १०२५ न्युयोर्क को ज्यक्सन हाईट मा फेब्रुअरी २४ तारीक को दिन भव्यताका साथ सम्पन्न गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

अभिनेत्री गौरी मल्ललाई मातृशोक

अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ। उनकी ८८ वर्षिया आमा हेमकुमारीको बिहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल बार: कांग्रेस–एमालेको एउटा प्यानल, माओवादी–रास्वपाको अर्को प्यानल

सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले बार एशोसियसनमा पनि मिलेर जाने भएका छन्। सत्ता सहकार्यमा रहेका दुई दलबीच कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बारको आगामी चैतमा हुने निर्वाचनमा यौटै प्यानल बनाएर जाने सहमति भएको हो। अध्यक्ष कांग्रेस निकट डिएलए र महासचिव एमालेको पिपिएलएले लिने सल्लाह भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौं महानगरलाई मन्त्रालयको पत्र: गुरागाईंलाई काम गर्न दिनुहोला

मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सबैकाे माया पाएर काँग्रेस लाेकप्रिय र ठूलाे पार्टी भयाे: देउवा

‘नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ। लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘फाइभ स्टार’ मेनुमा ‘गुन्द्रुक र सिन्की’

स्टार होटलहरुमा चीनबाट आयात गरिएका गुणस्तरहीन गुन्द्रुक खुवाउने चलनलाई निरुत्साहित गर्नपर्छ। राट्रिय तरकारी भएको नाताले स्वदेशी उत्पादन खपत बढाउनुपर्छ। यही उद्देश्यले सरकारले थ्रि स्टारदेखि फाइभ स्टार होटलहरुमा नेपाली गुन्द्रुक अनिवार्य प्रयोग गर्नुपर्ने नीति लिनु जरुरी छ। जसरी अन्य सामग्रीहरु त्यहाँ ब्राण्ड मात्रै उपभोग गर्नुपर्छ भनिन्छ त्यसैगरी गुन्द्रुकलाई पनि कडाइकासाथ लागू गर्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहका ७ सहसचिवको सरुवा, खोटाङ र ओखलढुंगाले पायो सीडीओ

गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ। प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो। विहीबार बिहान गरिएको सरुवा अनुसार ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुन–चाँदीको मूल्य बढ्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फूलहरूकाे भरिए काठमाडाैं सहर (फाेटाेफिचर)

वसन्त ऋतुको आगमनसँगै काठमाडौंकाे भृकुटीमण्डप,नक्साल क्षेत्रहरूमा रङ्गीन फूलहरूको फूलाइ सुरु भएको छ। चिसो जाडो पछि अब रुन्टो मुठि राखेर बर्सिने शीतल हावा, र हर्षित मनका साथ फूल्न थालेका रंगीचंगी फूलहरुले शहरलाई सजाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेन साहको घरबाट प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ। कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहिलो नम्बरकी संगीतालाई उछिन्दै डा. विकास भए स्वास्थ्य सचिव

नेपालमा कोरोना महामारी सुरु हुनेबेला उनी मन्त्रालयको प्रवक्ताको भूमिकामा थिए। त्यो बेला हरेक दिन मन्त्रालयले महामारीका बारेमा प्रत्यक्ष जानकारी दिने गरेको थियो। त्यही बेला डा. देवकोटा छोटो समयका लागि निकै चर्चित भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हमासलाई ट्रम्पको ‘अन्तिम’ चेतावनी: अहिले नै सबै बन्धक नछोडे तिमीहरू सकिनेछौं

‘हमासका लागि यो अन्तिम चेतावनी हो। अब गाजा छोड्ने समय आइसकेको छ। गाजाका नागरिकका लागि एक सुन्दर भविष्य उनीहरूलाई पर्खिरहेको छ। तर बन्धकलाई नछोड्ने हो भने तिमीहरू सबै सकिनेछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईसीसी च्याम्पियन्स ट्रफी फाइनल: भारत र न्युजिल्यान्ड भिड्दै

त्यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६२ रन बनाएको थियो। यो च्याम्पियन ट्रफीको हालसम्मकै ठूलो स्कोर हो। आइतबार हुने फाइनलमा न्युजिल्याण्डले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाले स्वीकृत गरेका पाँच अध्यादेश राष्ट्रियसभामा

यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक महिनामा बारा प्रहरीमा १४० उजुरी, ८६ फर्छ्यौट

विवरण अनुसार जिल्ला प्रहरी कार्यालयले एक महिनाको अवधिमा ५२ जना फरार प्रतिवादी पक्राउ गरेको छ। फरार प्रतिवादीबाट १३ लाख ८६ हजार ८ सय रुपैयाँ जरिवानासमेत असुल भएको छ। त्यस्तै एक महिनाको अवधिमा ३ करोड ५८ लाख ४० हजार रुपैयाँ भन्सार/राजश्व संकलन गरेको छ। लागु औषध मुद्धामा २ महिलासहित २४ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट ३ सय २० किलो ३०९ ग्राम गाँजा, २९ किलो ४५१ ग्राम अफिम र १७०.४ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। सोही अवधिमा स्रोत नखुलेको हुण्डी रकम तीन लाख २ हजार ५६५ रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

शिरस्थान-नाभिस्थान सडककाे आईईई/ईआईए प्रतिवेदन तत्काल बनाउन सांसद रानाकाे माग

नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानामगरले दैलेखकाे पञ्चकोशी धार्मिक क्षेत्र शिरस्थान-नाभिस्थान सडक स्तराेन्नती कार्यका लागि छिटाे वातावरणीय प्रभाव मूल्यांकन गराउन सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै सांसद रानाले पूर्वाधार विकास कार्यालय दैलेखबाट वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी चालु आर्थिक वर्ष २०८१/०८२ मा ठेक्का खोलिसकेको र उक्त सडकमा सामुदायिक वन पर्ने सडक विस्तार गर्दा सामुदायिक वनका रुख कटान गर्नको लागि आईईई/ईआईए प्रतिवेदन नबनेको कारण देखाई निर्माण कार्य अगाडि नबढेकाले तुरुन्तै प्रतिवेदन बनाउनुपर्ने बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं