मङ्गलबार, १९ अगस्ट २०२५

पोखरमा कोटिहोमको भूमिपूजा रोक्न खोजेपछि झडप...

पोखरा महानगरपालिकाले काेटीहाेम महायज्ञ रोक्न खोज्दा झडप भएको छ। शुक्रबाबर महानगरले अनुमति बेगर भूमि पुजन गर्न नदिने अडान लिएपछि झडप भएकाे हाे। मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेकाे थियाे। तर महानगरले राेकपछि दुई पक्षबीच झडप भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुन मूल्य बढ्याे, चाँदीकाे घट्याे

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फलफुलका बिरुवा रोपेर जन्मदिन मनाउँदै माधव नेपाल

उनले आफ्नो जन्मदिनमा रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियानमा ऐक्यवद्धता जनाउने कार्यक्रम छ। जन्मदिवसका अवसरमा फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली प्रदेशलाई सम्बोधन गर्दै प्रधानमन्त्री

शुक्रबार बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता गर्ने  र दिउँसो २ बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बसन्तपुरमा ठडियाे चीर, सुरू भयाे रङको पर्व होली  (तस्विरहरू)

परापूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ। चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक कदम पछि हटे ट्रम्प

अमेरिका र युक्रेनबीचको यो वार्ता आगामी साता हुनेछ। तर तेस्रो राष्ट्रमा। वार्ताका लागि साउदी अबरले मध्यस्थता गर्ने भएको छ। यसअघि अमेरिका र रुसी अधिकारीहरूले साउदीमै वार्ता गरेका थिए र रुस युद्ध बिरामका लागि तयार भएको थियो। तर आफूलाई सहभागी नगराइएको भन्दै युक्रेन र युरोपेली राष्ट्रहरुले त्यसलाई स्वीकारेका थिएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साँखुकाे टहरामा टिप्पर छिर्‍याे, किचिएर तीनजनाकाे मृत्यु

बिहान सडकमा गुडिरहेकाे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित हुँदै सडकमुनि रहेको उक्त टहराभित्र छिरेकाे थियाे। सुतिरहेका उनीहरू किचिएपछि उद्धार गरेर नेपाल मेडिकल कलेज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय महत्वका आयोजनहरूमा केन्द्रीत हुन अर्थमन्त्री पौडेलको आग्रह

अर्थमन्त्री पौडेलले विकासलाई नीतिमार्फत पनि सम्बोधन गर्न जरुरी रहेकोमा जोड दिँदै नीतिले थप क्षेत्रहरु खुल्ला गर्ने धारणा व्यक्त गरे। अहिलेको संसदबाट यो भन्दा बलियो सरकार बन्ने सम्भावना नहरेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैभन्दा बलियो सरकार भएका सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहना अनुसार नयाँ बजेट बनाउने पनि बताए। शहरी विकास मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव र विभागीय प्रमुखहरुको उपस्थिती थियो भने उर्जा मन्त्रालयसँगको छलफलमा उर्जा मन्त्री दीपक खड्का, सचिव,विभागीय प्रमुख लगायत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोकतान्त्रिक व्यवस्थाबाट अलोकतान्त्रिक राजतन्त्रमा फर्किन सकिन्नः गृहमन्त्री लेखक

उनले भने, ‘देशमा गणतन्त्र आईसकेको छ,केहि साथीहरूले राजतन्त्र पुनर्स्थापना कुरा गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले थपे, ‘लोकतान्त्रिक व्यवस्थाबाट अलोकतान्त्रिक राजतन्त्रमा पछाडि फर्किने सम्भावना छैन। निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडि होइन अगाडि बढ्ने हो।’ त्यसैगरी, उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागि साहित्यको योगदान आवश्यक रहेको भन्दै संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

नेपाल-भारत सुरक्षाकर्मीको गुप्त गैरकानुनी सञ्जाल

नेपाल-भारतबीच सुपुर्दगी सन्धि छ। यो सन्धिको आधारमा नेपालमा अपराध गरेर भारतमा लुकेका अनि भारतमा अपराध गरेर नेपालमा लुकेका अपराधीलाई कानुनी रूपमै हस्तान्तरण गर्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युद्धबाट भागेर अमेरिका पुगेका दुई लाख ४० हजार युक्रेनीलाई निष्कासन गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्धबाट भागेका युक्रेनीहरुलाई बस्नका लागि दिइएको कानुनी सुविधा खारेज गर्ने योजना बनाएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कस्तो प्रश्न मर्यादित, कस्तो अमर्यादित ?

प्रधानमन्त्री केपी ओलीलाई अमर्यादित प्रश्न सोधेको आरोपमा संसद् सचिवालयले बुधबार दुई सञ्चारकर्मीको पास निलम्बन गर्‍यो । सचिवालयको यस्तो कदमप्रति चौतर्फी आलोचना भइरहेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार हल्लाउने संस्थान प्रमुख!

संसद्ले बनाएको नियम–कानुन सरकार र मातहतका निकायले परिपालना गर्नुपर्छ। सरकारले नियुक्ति दिएका व्यक्तिले सरकार प्रमुख वा मातहत निकायका प्रमुखले गरेका निर्णय पूर्ण पालना गर्नु उनीहरुको कर्तव्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजालाई ओलीको चुनौती- फुत्त-फुत्त टाउको नदेखाउनु, पार्टी खोलेर भिड्न आउनु

बिहीबार महोत्तरी पुगेका ओलीले कार्यक्रममा सहभागीलाई देखाउँदै ‘मान्छे कुर्सीमा बस्दा राजा हुने भए तपाईंहरू कुर्सीमा बस्नुभएको छ, राजा हुनु भयो?’ भन्दै व्यंग्य गरे। उनले भने, ‘नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट कहाँबाट उधिनेर ल्याएर खोइ कहाँ कुर्सीमा राख्छन् अरे। मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरू कुर्सीमा बस्नुभएको छ, राजा हुनु भयो? कुर्सीमा राख्दैमा राजा भइँदैन।’ त्यस्तै उनले राजनीति नै गर्ने भए छायाँलाई होइन आफैं अघि सर्न चुनौती दिए। अरूलाई अघि सारेर आफू कछुवाजस्तो मुन्टो निकाल्ने र अप्ठ्यारो पर्‍यो भने फुत्त मुन्टो लुकाउने नगर्न ओलीले पूर्वराजालाई चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

मन्त्रिपरिषदबाट निर्णय गराएर उर्जामन्त्रीले कुलमानलाई फेरि सोधे स्ष्टीकरण

बुधबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्रालयले घिसिङलाई स्पष्टीकरण सोधेको हो। मन्त्रिपरिषदले घिसिङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। मन्त्री दीपक खड्काको आदेशमा सचिव सुरेश आचार्यले घिसिङलाई ४ बुँदे स्पष्टीकरण सोधेका छन्। कुलमान घिसिङले ताजा स्पष्टीकरणको पत्र बुझिसकेका छन्। घिसिङलाई ‘तपाईंलाई कार्यकारी निर्देशकबाट किन बर्खास्त नगर्ने’ भन्दै स्पष्टीकरण सोधिएको छ। घिसिङले बिहीबार साँझ प्राधिकरणकै कार्यालयमा  स्पष्टीकरण बुझेका छन्। उनले आइतबार स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति धर्मशाला फेरि मारवाडीकै पोल्टामा

गत असोजमा पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिबाट खोसेर धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिएको थियो। लगत्तै महानगरले धर्मशाला खाली गराउने प्रयास पनि गर्‍यो। महानगरलाई जिम्मा दिने कोषको निर्णयविरुद्ध मारवाडी सेवा समाज उच्च अदालत पुगेको थियो। मारवाडी सेवा समितिको रिटमाथि सुनुवाइ गर्दै बुधबार उच्च अदालतले महानगरपालिका र कोषबीच भएको सम्झौता खारेज गरेको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजालक्षित प्रचण्डको टिप्पणी- सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे समाप्त हुन्छन्

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपाली जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाँही टाउको उठाउने प्रयास गर्ने गरेको बताएका हुन्। उनले अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको भन्दै प्रचण्डले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताए। उनले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

२ अर्ब लगानीमा आईएमई ग्रुपको कागज उद्योग सञ्चालन, प्रधानमन्त्रीद्वारा उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका छन्। उद्घाटन लगत्तै प्रधानमन्त्रीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरणमैत्री क्यालसियम कार्बोनेट उत्पादनको समेत अवलोकन गरे।  २ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ। उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो। शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ। विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रलगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

उर कुलमानले बोलेकै भरमा प्राधिकरण नाफामा छ भनेर पत्याउँन सकिन्न

उनले जाँचमा भाग नै नलिने विद्यार्थीले कति नम्बर पाउँछ भन्दै प्रश्न समेत गरे। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङले कानुनअनुसार काम नगरेको बताए। उनले भने, ‘विद्यार्थी जाँचमा नै अनुपस्थित भएपछि कति नम्बर पाउँछ? मलाई भनिदिनु पर्‍यो। कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ। उहाँलाई कानुन लाग्दैन भन्नुपर्यो। संविधानमा नै लेखिदिनुपर्‍यो। हामीले ल्याएको व्यवस्थामा त्यस्तो होइन। सबै नागरिक नेपालको कानुन अन्तर्गत रहनेछन्। कानुनको पालना गर्ने जिम्मेवार पदमा हुने नहुने सबैको दायित्व हो। त्यसैले उहाँले शुन्य नम्बर पाउनु भएको हो। उहाँ उपस्थित नै हुनु भएन, टेर्दै टेर्नु भएन, चिन्दै चिन्नु भएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्यमन्त्री पौडेललाई तत्काल बर्खास्त गर्न अमरेशकुमारको माग

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो। सिफारिस समितिले सचिवका लागि डा.देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा कार्यरत डा.संगीता मिश्र र डा.टंक बाराकोटीको नाम समेत सिफारिस गरेको थियो। यता, सचिव बढुवामा नपरेपछि डा. संगीता कौशल मिश्रले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी छन्। मन्त्री पौडेलले आफूमाथि पटक-पटक अन्याय गरेको समेत बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं