
एसईईको मुखमा फेरि काठमाडौं उत्रिए देशभरका शिक्षक
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरू काठमाडौं केन्द्रीत भई शिक्षा ऐन जारी गर्नका लागि दबाब दिन बृहत आन्दोलनको कार्यक्रम सुरु गरेका छन्। उनीहरू माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका छन्। विगतका सबै सहमति सम्बोधन गर्न र विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरूले आन्दोलन गरेका हुन्। महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। यसअघि ०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको माग छ।

बिएल संवाददाता - काठमाडौं