मङ्गलबार, १९ अगस्ट २०२५

पूर्वराजाको स्वागतमा आउन प्रधानमन्त्रीलाई ज्ञानेन्द्रको आह्वान, ओली छैनन् काठमाडौंमा

आइतबार पोखरा भ्रमणबाट काठमाडौं आउन लागेका पूर्वराजालाई राजावादीहरूले काठमाडौं विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन्। सोही स्वागतमा प्रधानमन्त्रीलाई सहभागी हुन् शाहीले आह्वान गरेका हुन्। उनी भन्छन्, ‘जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस्। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौं  एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।’ शाहीले ओलीलाई राजाको स्वागतमा आउन आह्वान गरेपनि प्रधानमन्त्री यतिबेला काठमाडौंमा छैनन्। उनी पश्चिम नेपालको भ्रमणमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजा समिटको चार्टर विमानमार्फत काठमाडौं आउँदै, पोखराबाट पञ्चेबाजासहित विदाई

गत माघ २७ गते पोखरा गएका पूर्वराजा शाह आज काठमाडौं फर्किन लागेका हुन्। उनको स्वागतमा राजावादीरू काठमाडौं विमानस्थलमा भेला हुन थालेका छन्। विमानस्थल क्षेत्रमा राजावादीहरूको बाक्लो उपस्थिति रहेको छ। उनलाई समर्थकको र्‍यालीले विमानस्थलबाट निजी निवास निर्मल निवास पुर्‍याउँने कार्यक्रम तय छ। राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजा समिटको चार्टर विमानमार्फत काठमाडौं आउँदै, पोखराबाट पञ्चेबाजासहित विदाई

गत माघ २७ गते पोखरा गएका पूर्वराजा शाह आज काठमाडौं फर्किन लागेका हुन्। उनको स्वागतमा राजावादीरू काठमाडौं विमानस्थलमा भेला हुन थालेका छन्। विमानस्थल क्षेत्रमा राजावादीहरूको बाक्लो उपस्थिति रहेको छ। उनलाई समर्थकको र्‍यालीले विमानस्थलबाट निजी निवास निर्मल निवास पुर्‍याउँने कार्यक्रम तय छ। राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब

तत्कालीन सरकारले तत्कालीन एउटा गाविसको एउटा सहकारी संस्थालाई १ लाख रुपैँया अनुदान सहयोग दिने निर्णय गरेको थियो। त्यही सरकारी अनुदान लिन बनेका सहकारी अहिले सम्पर्कविहीन छन्। हाल ती सहकारी संस्थाका सञ्चालकहरू सम्पर्कमा नै नरहेका रामेछाप नगरपालिकाले जनाएको छ। एक लाख रुपैँयाको दरले सरकारी अनुदान लिएका ती सहकारी संस्थाले सो रकम कहाँ खर्च गरे त्यसको खोजी हुनुपर्ने महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

राजावादीको सक्रियताप्रति विष्णु रिमालको टिप्पणी- नश्लीय पाखण्डको पर्दाफास गरौं

राजावादीहरूको सक्रियता बढ्दै गएपछि असन्तुष्ट गणतन्त्रवादी नेताहरूले प्रतिवाद थालेका छन्। त्यसैको नमुना हुन् रिमाल। उनले अढाई सय वर्षसम्म लुट मच्चाएको राजतन्त्र काम नलाग्ने दाबी गरेका हुन्।  उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अढ़ाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहाँ’ जान नदिने जस्ता राम-राज्यका संचालक यिनीहरू नै थिए हैन र? अझ त्यसलाई पुरानो कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजासहित सिङ्गो वंशलाई उनीहरूद्वारा- उनीहरूका लागि- उनीहरूले नै खरानी बनाएका हैनन् र?’ रिमालले राजावादीहरूको सक्रियताको विरोध गर्दै २०६१ माघ १९ देखि ०६३ सम्मलाई ‘गोल्डेन डेज’ भनेर व्याख्या गर्दै त्यस समय ‘गोल्ड’को गोडमेल गर्नेहरू पनि उनीहरू नै रहेको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं आइपुगे प्रचण्ड, खुमलटारमा भेला हुँदै माओवादी नेताहरू

पछिल्लो समय राजावादीहरूको सक्रियता बढ्दै गएपछि माओवादीले जागरण अभियान नै स्थगित गरेर सबै नेताहरूलाई काठमाडौं निर्देशन दिएको थियो। कार्यक्रम स्थगित गरेर आज बस्ने भनिएको माओवादी पदाधिकारी बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको एक नेताले बताए। उनका अनुसार सबै नेताहरू काठमाडौं आइनपुगेकाले बैठक भोलिका लागि सारिएको हो। पदाधिकारी बैठक सरेपनि भएपनि पार्टी अध्यक्ष प्रचण्डले काठमाडौंमा उपलब्ध नेताहरूलाई आजै खुमलटारमा जमघटका लागि बोलाएका स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजाको स्वागतमा अध्यक्ष लिङदेन सहभागी हुनुहुन्छः ज्ञानेन्द्र शाही

उनको स्वागतमा राजावादी दल र समूहहरूले प्रदर्शन गर्दैछन्। राजावादी समर्थकहरूले पूर्वराजालाई स्वागत गर्न सिनामंगलस्थित विमानस्थलको मुख्य गेटमा जाने त्यहाँबाट उनलाई लिएर र्‍यालीसहित निर्मल निवास पुग्ने तयारी गरेका छन्। यसैबीच पूर्वराजाको स्वागतका लागि भव्य तयारी गरिरहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं भने उनको स्वागतमा नजाने समाचारहरू आए। लिङ्देनले पूर्वराजाको स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको समाचारमा बताइएको थियो। मुलधारका मानिएका मिडियाहरूमै आएका समाचारहरू धेरैले पत्याए पनि। तर, वास्तविकता त्यस्तो नरहेको राप्रपा प्रमुख सचेतक शाहीले बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत लिङ्देन पूर्वराजाको स्वागतमा एयरपोर्ट जाने जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री भन्छन्, ‘राजा हाैसिन र अरु डराउनपर्ने अवस्था छैन’

सुर्खेतमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले कसैले कुनै पनि आन्दाेलन गर्न पाउनु लाेकतन्त्रकाे उदारता रहेकाे भन्दै त्यही उदारतका कारण पूर्वराजाहरू पनि लाेकतान्त्रिक व्यवस्थामै रहेकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिंसापीडित महिला सुरक्षाका लागि ‘दिमा आमा घर’

हिंसाका घटना बाट प्रभावित महिलाहरूलाई आश्रय, मनोवैज्ञानिक परामर्श, कानुनी सहायता तथा आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिने उद्देश्यले  दिमा आमा घर जुम्लामा सञ्चालनमा आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बी’ डिभिजन लिग आजदेखि : १४ टाेली भिड्दै

प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन्। ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्ञानेन्द्र शाह आज फर्किदैं, काठमाडौंमा ‘हाई सेक्यूरिटी अलर्ट’

पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किदैंछन्। उनी एकसाता भन्दा धेरै पोखरातिरै थिए। उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी तथा दुर्गा प्रसाईंको समूहलगायत विभिन्न हिन्दुवादी र राजसंस्था पक्षधरहरूले विमानस्थलमा जम्मा हुन आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति भेट्न अचानक शितल निवास पुगे प्रधानमन्त्री ओली

शनिबार साँझ राष्ट्रपति निवास शीतल निवास पुगेर ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पछिल्लो समय राजावादीको सक्रियता बढेसँगै राजनीतिक दलहरू उच्चस्तरीय छलफलमा जुटेका छन्। यद्यपि राष्ट्रपतिको कार्यालयले भने प्रधानमन्त्री र राष्ट्रपतिको भेटवार्ता नियमित भेटघाटको श्रृंखला भएको दाबी गरेको छ। लामो समयदेखि पोखराको भ्रमणमा रहेका पूर्वराजा भोलि काठमाडौं फर्किने तयारीमा छन्। उनको स्वागतका लागि हजारौं समर्थकहरू विमानस्थलमा उतार्ने राप्रपालगायत राजावादीहरूको तयारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘लोकतन्त्र र गणतन्त्र ल्याएँ’ भन्नेहरूले लुटतन्त्र मच्चाए: लिङ्देन

उनले भने, ‘अहिले  देश एउटा विशिष्ट स्थितीका बीच अगाडि बढिराखेको छ। मुलुकमा प्रजातन्त्र ल्याएँ, लोकतन्त्र ल्याएँ, गणतन्त्र ल्याएँ भन्नेहरू आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेका छन्। उनीहरू देशभित्रै रोजगारी सिर्जना गर्ने, देशभित्रै  युवाहरूले गरिखाने वातावरणको निर्माण गर्ने दिशामा होइन देशका उद्योग धन्दाहरू समेत बन्द गरेर कमिशन खाने र युवाहरूलाई विदेश जान बाध्य बनाउने काममा निरन्तर लागिरहेका छन्।’ साथै उनले आज देशको जति राजश्व छ, जति आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिन समेत पुग्न नसकेको बताए। उनले कर्मचारीहरूलाई तलब खुवाउनकै लागि विदेशीहरूबाट ऋण लिनुपरेको अवस्था रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

राजावादीको सक्रियताले माओवादी सशंकित, तराई-मधेश जागरण अभियान स्थगित

झापाबाट सुरु गरेको अभियान रौतहट पुगेर स्थगित भएको हो। रौतहटमा माओवादीले शनिबार विविध कार्यक्रमसहित अन्य पार्टीका नेताकार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो। तर, शनिबार कार्यक्रम सक्काएर माओवादी नेताहरू काठमाडौं फर्किने तयारीमा रहेको माओवादी केन्द्रका नेताहरूले जानकारी दिएका छन्।  माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले पार्टीको अभियान र पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि अभियान स्थगित गरेर नेताहरू काठमाडौं फर्किन लागेको जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी प्रवेश

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराए। नप्रवेशी तेली माधवनारायण नगरपालिकामा स्थापित नेता हुन्। गत स्थानीय तह निर्वाचनमा उनी  यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो भएका थिए। नवप्रवेशी तेलीले कांग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरू अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरू पार्टी प्रवेश गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

निर्मला पन्त हत्याकाण्डबारे थप अनुसन्धान भइरहेको गृहमन्त्रीको दाबी

‘यो मानवता विरुद्धको जघन्य अपराध हो, यो घटनाका दोषीहरूलाई सजाय नभएसम्म निर्मलाप्रति न्याय हुन सक्दैन। मैले गृहमन्त्री भएर आइसकेपछि थप अनुसन्धान गर्न निर्देशन गरिसकेको छु र अनुसन्धान जारी छ।’ उनले निर्मला पन्तको घटना लगायत महिलामाथि हुने यस्ता प्रकारका घटनाहरूका विषयमा सरकार गम्भीर भएको बताए। निर्मला हत्या प्रकरणलाई आफूले गम्भीरताका साथ लिएको र घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको लेखकले दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

‘राजागंज’की आशा स्विट्जरल्याण्डको ‘फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’मा जुरी सदस्य

फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव मार्च २१ देखि ३० सम्म स्विटजरल्याण्डमा आयोजना हुँदैछ। चैत १ गते नेपालमा सिनेमा रिलिज भएपछि आशा महोत्सवका लागि स्विट्जल्याण्ड उड्ने छिन्। यतिबेला उनी ‘राजागंज’को प्रचारमा व्यस्त छिन्। सिनेमामा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ। सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ। यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो। सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभियसन प्राप्त गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापा पुगेर शेखरले भने-  कांग्रेसको वैचारिक धार भुत्ते भयो, अब म तिखो बनाउँछु

आगामी चुनावमा कांग्रेसको मुख्य प्रतिस्पर्धी दल एमाले नै भएको संकेत गर्दै नेता कोइरालाले भने, ‘आगामी चुनावको प्रतिस्पर्धी दलसँग अहिले सहकार्य गरेर अगाडि पनि जानु छ। यो अप्ठ्यारो र असहज अवस्थाको सामना कांग्रेस कार्यकर्ताहरूले गर्नु परिरहेको छ।’ उनले झापामा आगामी चुनावको प्रतिस्पर्धी को हो? भन्दै प्रश्न पनि गरे। आम कार्यकर्ताहरूको भावना आगामी चुनाव कांग्रेस एक्लै लड्नु पर्छ भन्ने रहेको आफूले पाएको बताउँदै त्यसका लागि कांग्रेसले राम्रो तयारी गर्नुपर्ने डा. कोइरालाले बताए। पार्टीभित्रको गुटबन्दीको अन्त्य गरेर कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने आम कार्यकर्ताहरूको भावना आफूले पाएको कोइरालाले उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

सहिद स्मारक ‘बी’ डिभिजन लिग आइतबारबाट सुरु हुने

तीन वर्षपछि हुन लागेको ‘बी’ लिग सम्पूर्ण तयारी सकिएको एन्फाले जनाएको छ। एन्फाले आज पत्रकार सम्मेलनमा बी लिग दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन हुने जनाएको छ। लिगमा १४ क्लबले सिंगल राउन्ड रोबिन आधारमा लिग खेल्नेछन्। लिग अवधिभर ९१ खेल हुनेछन्। लिगमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडले ए-डिभिजन उक्लन दाबेदारी प्रस्तुत गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं