बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले जारी जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान कार्यक्रम स्थगित गरेको छ।
झापाबाट सुरु गरेको अभियान रौतहट पुगेर स्थगित भएको हो। रौतहटमा माओवादीले शनिबार विविध कार्यक्रमसहित अन्य पार्टीका नेताकार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो।
तर, शनिबार कार्यक्रम सक्काएर माओवादी नेताहरू काठमाडौं फर्किने तयारीमा रहेको माओवादी केन्द्रका नेताहरूले जानकारी दिएका छन्।
माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले पार्टीको अभियान र पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि अभियान स्थगित गरेर नेताहरू काठमाडौं फर्किन लागेको जानकारी गराएका छन्।
उनका अनुसार भोलि पार्टीले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।
स्रोतका अनुसार पछिल्लो समय राजावादीहरूको सक्रियता बढ्दै गएपछि माओवादी नेताहरू सशंकित बनेका छन्। राजावादीकै सक्रियताबारे छलफलका लागि अभियान स्थगति भएको स्रोतको दाबी छ।
माओवादी नेताहरूले गणतन्त्रवादी दलका नेताहरूसँग पनि छलफल गर्ने बताइएको छ। गणतन्त्रको रक्षाका लागि सबै दलहरू एकजुट हुनुपर्ने ती नेताले बताए।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया