बिएल संवाददाता
पूर्वराजालाई ‘स्वागत’ गर्ने राजसंस्था पक्षधरहरूको भीड व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्रले तयारी गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किदैंछन्। उनी एकसाता भन्दा धेरै पोखरातिरै थिए। उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी तथा दुर्गा प्रसाईंको समूहलगायत विभिन्न हिन्दुवादी र राजसंस्था पक्षधरहरूले विमानस्थलमा जम्मा हुन आह्वान गरेका छन्।
उनीहरूले ज्ञानेन्द्रलाई स्वागत गर्दै नगार्जुनसम्म पुर्याउने रुट तय गरेका छन्।
केही दिनदेखि देशका विभिन्न स्थानहरूमा राजसंस्थाको माग गर्दै प्रदर्शन भइरहेका छन्। राप्रपाले पनि देशका मुख्य सहरहरूलगायत नारायणहिटीअघि प्रदर्शन गरेको थियो। राजा चाहने अरु संघसंस्थाहरूले पनि उनको पक्षमा देशव्यापी प्रदर्शन र जुलुस गरिरहेका छन्।
शनिबार रातिदेखि नै काठमाडौंका नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि सुरक्षा संयन्त्रको बैठक बसाएर त्यसकारे ब्रिफिङ लिएको छ। त्यहाँ प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारीले कानुन उल्लंघन हुने खालका कुनै पनि हुलहुज्जत तथा अमर्यादित कार्य रोक्नका लागि सुरक्षा व्यवस्था कडा गर्न निर्देशन दिएका थिए।
केही दिनदेखि राजा र राजसंस्था पक्षधरहरूको प्रदर्शन बढ्न थालेपछि राजनीतिक दल र सरकार पनि त्यसको प्रतिरक्षाका विकल्पहरूबारे छलफल गरिरहेका छन्।
तराई-मधेस जागरण अभियान सुरु गरेको नेकपा माओवादी पनि आफ्नो अभियान स्थगित गरेर काठमाडौं फर्किदैंछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत उसका सबैजसो शीर्ष नेताहरू तराईका जिल्लाहरूमा छन्।
परिस्थिति प्रतिकूल हुन लागेको भन्दै माओवादीले अभियान स्थगित गरेको हो। उसले परिस्थितिबारे छलफल गर्नका लागि पार्टीका पदाधिकारी बैठक पनि बोलाएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया