बिएल संवाददाता
सहिद स्मारक ‘बी’ लिग फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ। उद्घाटन खेलमा आज च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। खेल दशरथ रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुनेछ।
एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन्। प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने छन्।
प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन्। ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन्।
लिगको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ।
यसैगरी, सवोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ५०–५० हजार रुपैयाँ पुरस्कार दिइने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया