
बिएल संवाददाता
सहिद स्मारक ‘बी’ लिग फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ। उद्घाटन खेलमा आज च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। खेल दशरथ रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुनेछ।
एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन्। प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने छन्।
प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन्। ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन्।
लिगको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ।
यसैगरी, सवोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ५०–५० हजार रुपैयाँ पुरस्कार दिइने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया