बिएल संवाददाता
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्।
रौतहटको माधवनारायण नगरपालिका-६ माधोपुरमा आयोजित कार्यक्रममा उनीहरू माओवादी प्रवेश गरेका हुन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराए। नप्रवेशी तेली माधवनारायण नगरपालिकामा स्थापित नेता हुन्। गत स्थानीय तह निर्वाचनमा उनी यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो भएका थिए।
नवप्रवेशी तेलीले कांग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरू अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरू पार्टी प्रवेश गरेको बताए।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया