बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किने तयारीमा रहेका छन्। उनी दिउँसो ३ बजे पोखराबाट काठमाडौं प्रस्थान गर्ने तयारीमा रहेका छन्।
पूर्वराजालाई पोखरामा पञ्चेबाजासहित विदाइ गर्ने तयारी गरिएको छ। उनी आज दिउँसो समिट एयरको चार्टर्ड विमानमार्फत काठमाडौं आउँदैछन्।
गत माघ २७ गते पोखरा गएका पूर्वराजा शाह आज काठमाडौं फर्किन लागेका हुन्। उनको स्वागतमा राजावादीरू काठमाडौं विमानस्थलमा भेला हुन थालेका छन्।
विमानस्थल क्षेत्रमा राजावादीहरूको बाक्लो उपस्थिति रहेको छ। उनलाई समर्थकको र्यालीले विमानस्थलबाट निजी निवास निर्मल निवास पुर्याउँने कार्यक्रम तय छ।
राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशालालगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए।
उनले भने, ‘आज पोखराबाट पूर्वराजा आउँदै हुनुहुन्छ। बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशाला, महाराजगञ्जलगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरू परिचालन छन्। आवश्यकताअनुसार सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया