बिएल संवाददाता
सचिव बढुवामा वरियता मिचेको भन्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा वरिष्ठता ख्याल नगरिएको भन्दै स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन्। मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न उनको माग थियो।
पहिलो नम्बरमा सिफारिस भएकी संगीता मिश्रसँग केही चिनजान नरहेकाले मधेसी भएकै कारण वरिष्ठ भएर पनि उनलाई बढुवा नगरेको आरोप लगाए।
सरकारले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको उनको आरोप थियो।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो।
सिफारिस समितिले सचिवका लागि डा.देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा कार्यरत डा.संगीता मिश्र र डा.टंक बाराकोटीको नाम समेत सिफारिस गरेको थियो।
यता, सचिव बढुवामा नपरेपछि डा. संगीता कौशल मिश्रले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी छन्। मन्त्री पौडेलले आफूमाथि पटक-पटक अन्याय गरेको समेत बताइन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया