मङ्गलबार, १९ अगस्ट २०२५

याे सरकार जति टिक्छ, माओवादीलाई त्यत्ति फाइदा हुन्छ प्रचण्ड

‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं’ अध्यक्ष प्रचण्डले भने ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ। हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगन्ज

बिहे गर्ने लाेभ देखाएर दुई वर्षदेखि याैन शाेषण, बलात्कार आराेपमा पक्राउ परे प्रहरी जवान

पीडित महिलाले यादवविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

युक्रेनलाई दिने सबै सहयोग रोक्ने ट्रम्पको घोषणा

ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको कार्यकाल सम्हाले लगत्तै त्यो सहायताको बदलामा युक्रेनसँग खनिज मागेका थिए। संसारमै दुर्भल र बहुमूल्य ती खनिज भएका युक्रेनी भूमि अहिले रुसको कब्जामा छ। रुस-युक्रेन युद्ध रोक्ने अभियानमा लागेका ट्रम्पले त्यसको बदलामा दुबै देशसँग चर्को मूल्य मागिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनलाई ‘र्‍याप’ गाउन कन्सर्टमा निम्ताे

उनले लेखेका छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो। र्‍यापदेखि जिम्मेवारीसम्म। वास्तवमै लिजेन्ड। काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो। आशा छ कन्सर्टमा भेट्नेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि फुट्याे मेलम्चीकाे पाइप, थापाथली अस्तव्यस्त (तस्विरहरू)

मंगलबार बिहान पाइप फुट्दा प्रसूति अस्पताल जाने सडकमा खाल्डो परेको हो। पाइप फुटेपछि उक्त स्थानमा आउने पानी काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बन्द गरिदिएको छ। महानगर तथा खानेपानीका कर्मचारीहरुले त्यहाँ मर्मत कार्य गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्ला मात्रै हो: प्रवक्ता सुमन

उनले भने, ‘यो सरकारले राम्रो काम गरेन भनेर हाम्रो प्रस्ताव नै छ। भ्रष्टाचार, वेथिति रोक्न सकेन र देशमा केही नौलो गरेको देखिएन भन्ने प्रस्तावमा उल्लेख छ। सरकारलाई गरेको समर्थन फिर्ता लिने जस्तो कुरा भन्ने चाही होईन। हामीले एउटा स्थिर सरकारको कल्पना गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थियौं र भोलिका दिनमा पनि ओलीको सरकार सधैं चलोस भनेर हामीले भनेका हुन्छौ। उहाँले प्रस्तुत गर्नु भएको भूमि सम्बन्धी अध्यादेश भने मान्न सकिदैन। यो फिर्ता लिनु भनेर पटक पटक सरकारलाई भनेका छौं तर यो हुँदैमा समर्थन फिर्ता लिने भन्ने हुदैन।’ यस्तै, उनले बैठकको भोली ११ बजे बस्नेगरि स्थगित भएको भन्दै आजसम्म ५३ जना पार्टीका केन्द्रीय सदस्यहरूले लिखित प्रतिवेदन सहित आफ्नो मन्तव्य व्यक्त गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुमलुङ आन्दोलनमा दमन गरिएकोमा आदिवासी जनजाति महासंघको विरोध

परिषद्ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुकुमलुङ क्षेत्रमा धार्मिक आस्थाविपरीत केवलकार निर्माणको विरोधमा भइरहेका शान्तिपूर्ण प्रदर्शनमाथि सुरक्षा निकाय र भिजिलान्ते प्रयोग गरेर गोली प्रहार गर्नु, धरपकड गर्नु, झुटा मुद्दा लगाउनु तथा कर्फ्यु लगाउनु मानवअधिकारविपरीत भएको आरोप लगाएको छ। महासंघका अध्यक्ष बोमबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा १२ जना घाइते, १८ जना गिरफ्तार तथा दर्जनौंलाई झुटा मुद्दा लगाइएको उल्लेख गरिएको छ। साथै, सरकारले कुनै एक व्यापारीको स्वार्थ पूर्तिका लागि कञ्चनजङ्गा संरक्षित क्षेत्रभित्र पर्ने मुकुमलुङलाई बाहिर निकाली केवलकार निर्माणका लागि वातावरण बनाएको दाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

साइबर अपराधका लागि थाइल्यान्डमा कसरी बेचिन्छन् नेपाली युवा?

कम्बोडियाको पोइपेट, नोम पेन्ह र बाभेट। म्यान्मारको म्यावडी, वाङ म्याङ्टम र टाइछीलेक। त्यस्तै, लाओसका विभिन्न भूमिगत क्षेत्रहरूमा खासगरी नेपाली, भारतीय, श्रीलंका, मलेसियनहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर ल्याइन्छ र पछि बन्धक बनाएर साइबर ठगीमा संलग्न गराइन्छ।  फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत नक्कली विज्ञापनहरू राखेर युवाहरूलाई फसाउने गरेको झापाका योगराज लिवाङले बताएका छन्। उनी आफैपनि म्यान्मारको वाङ म्याङ्टमबाट उम्किएका नेपाली युवा हुन्। मासिक ३ हजारदेखि ८ हजार डलरसम्मको तलबको लोभ देखाएर म्यान्मार, थाइल्यान्ड, कम्बोडियार लाओस पुर्‍याइएका युवाहरूलाई पछि नारकीय जीवन बिताउन बाध्य पारिन्छ। उनीहरूको राहदानी जफत गरिन्छ र परिवारसंग सम्पर्क गर्न समेत दिइंदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिभिल अस्पताल प्रालिका सञ्चालक साह पक्राउ

पत्रको बेवास्ता गरी अस्पताल खोलेको आरोपमा सञ्चालक राजन साह पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार राईका अनुसार साहलाई पटक-पटक सम्झाउँदा पनि अटेर गरेपछि उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ। मुख्यमन्त्री सिंहले सिभिल अस्पतालसहित चन्द्रनिगाहपुरका ट्रमा हाइवे सेन्टर, चन्द्रपुर सामुदायिक अस्पताल, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक, चपुर अर्थोपेडिक एन्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र र एपोलो अस्पताललाई पनि मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्न पत्र काटेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

प्रधानमन्त्रीको तारिफ गर्दै विद्याले भनिन्- ओली एक अब्बल र लोकप्रिय राजनेता

सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताइन्।  उनले भनिन, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो। त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको निम्ति खेल्नुभएको भूमिका एवं आर्थिक समृद्धि हासिल गर्नेलगायतमा उहाँमा रहेको हुटहुटी नजिकबाट नियालेको छु। ओली एक अब्बल र लोकप्रिय राजनेता हुनुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल-भारतबीच ‘वास’क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमकाबीच खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव तथा भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री पाटीलद्धारा हस्ताक्षर भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको तथा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवर्द्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौतापत्रको लक्ष्य रहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

ओली कपमा फ्रि पास र कुमा सागरको कन्सर्ट, रंगशाला खचाखच

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दैछन्। फुटबल प्रतियोगिताको फाइनलमा कुमा सागर र पुर्ण राईको ब्यान्डले पनि प्रस्तुती दिँदैछन्। फुटबलसँगै कन्सर्टको फ्रि पास पाएपछि मनोरञ्जन लिन दर्शकहरू रंगशालामा ओइरिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर केपी ओली कपको फाइन खेल हेर्न इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफन पनि नेपाल आएका छन्। उनलाई प्रमुख अतिथिको रुपमा नेपाल बोलाइएको युवा संघले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त प्रशिक्षक रोस भन्छन्: नेपाललाई साफ च्याम्पियिनसिप जिताउँछु, तर…

प्रशिक्षक नियुक्त भएको भोलिपल्ट अर्थात सोमबार एन्फाले नवनियुक्त प्रशिक्षक र पत्रकारबीच पत्रकार सम्मेलन गर्‍यो। पत्रकार सम्मेलनमा बोल्दै नवनियुक्त प्रशिक्षक रोसले आफ्नो पहिलो लक्ष्य- नेपाललाई साफ च्याम्पियनसिप जिताउने भएको बताए। उनले भने, ‘हाम्रो लक्ष्य भनेको अब एसिया कपमा छनोटको हुने छ। तर, त्योभन्दा पनि हाम्रो मुख्य लक्ष्य साफ च्याम्पियनसिप जित्ने हुनेछ।’ उनले एसिया कपमा छनोट नभएपनि त्यस छनोट नजिक पुर्‍याउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पारस शाहलाई हृदयघात, पोखरा पुगेका पूर्वराजा काठमाडौं फर्किँदै

नर्भिक स्रोतका अनुसार शाह अहिले खतरामुक्त छन्। शाहको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली खटिएको छ। शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। पोखरा भ्रमणमा रहेका पूर्वाराजा ज्ञानेन्द्र शाह अचानक काठमाडौं फर्किन लागेका निर्मल निवास स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो। पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरूका लेख-रचनासमेत समावेश गरिएको छ। सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ मा कांग्रेसको बहुमत नआउने देउवाको स्वीकारोक्ति, पहिलो दल बन्न संघर्ष गर्ने

‘बहुमत ल्याउन नसके पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ,’ उनले भने, ‘कांग्रेस प्रति देशभित्र र बाहिर आकर्षण छ।’ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भैरहवामा आयोजना गरेको प्रशिक्षण सोमबार र मंगलबार चल्ने पार्टीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यो सरकार हाम्रो रहरले बनेकै होइनः मीन विश्वकर्मा

उनले भने, ‘प्रचण्डले हामीसँग जादुमय अंग छ। यो सरकार पाँचै वर्ष चल्छ भनेपछि एमाले आत्तियो। उसलाई चिन्ता बढ्यो। हामीले त छोडिसकेका थियौं, विकल्पको खोजीमा थियौं। त्यसकारण अहिलेको सरकार बनाइदिने काम स्वयं प्रचण्डले गरिदिनुभएको हो। हाम्रो रहरले बनेकै होइन यो सरकार। हामीलाई कांग्रेस-एमाले मिल्ने रहरै थिएन। हामी त आमनेसामनेका प्रतिस्पर्धी हौं। बहुदल आएदेखि नै कांग्रेस-एमाले मुख्य प्रतिस्पर्धी हौं। त्यसैले हामी उहाँहरूसँग मिलेर सरकारमा सँगै जाने पक्षमै थिएनौं।’ उनले कांग्रेस-एमाले नमिल्दा सरकारै नबन्ने भएपछि अन्तिम विकल्पको रुपमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अहिलेको सरकार बनेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

पशुपति बालुवामा भ्रष्टाचार: पूर्वएलडीओसहित तीन जना पक्राउ

पशुपतिको बालुवाखानी भ्रष्टाचारमा दोषी ठहरिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे।  पक्राउ पर्नेहरूमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजुकुमार रेग्मी रहेको सीआईबीका प्रवक्ता युवराज खड्का रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीसँग विश्व फुटबलका लिजेन्ड बुफोनको भेट

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको मुद्दामा आज सुनुवाइ हुँदैछ।  सुनुवाइका लागि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेशी तोकिएको छ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा उनी असार–५ गते  कञ्चनपुरबाट पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं