बिएल संवाददाता
                                केहीबेरबाट सुरु हुने केपी ओली कप च्याम्पियनसिपको फाइनल हेर्न दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दैछन्।
फुटबल प्रतियोगिताको फाइनलमा कुमा सागर र पुर्ण राईको ब्यान्डले पनि प्रस्तुती दिँदैछन्। फुटबलसँगै कन्सर्टको फ्रि पास पाएपछि मनोरञ्जन लिन दर्शकहरू रंगशालामा ओइरिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर केपी ओली कपको फाइन खेल हेर्न इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफन पनि नेपाल आएका छन्। उनलाई प्रमुख अतिथिको रुपमा नेपाल बोलाइएको युवा संघले जनाएको छ।
यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रंगशालामा समापन हुँदैछ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया