बिएल संवाददाता
केहीबेरबाट सुरु हुने केपी ओली कप च्याम्पियनसिपको फाइनल हेर्न दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दैछन्।
फुटबल प्रतियोगिताको फाइनलमा कुमा सागर र पुर्ण राईको ब्यान्डले पनि प्रस्तुती दिँदैछन्। फुटबलसँगै कन्सर्टको फ्रि पास पाएपछि मनोरञ्जन लिन दर्शकहरू रंगशालामा ओइरिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर केपी ओली कपको फाइन खेल हेर्न इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफन पनि नेपाल आएका छन्। उनलाई प्रमुख अतिथिको रुपमा नेपाल बोलाइएको युवा संघले जनाएको छ।
यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रंगशालामा समापन हुँदैछ।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया