सनीराज शाक्य
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षकको रुपमा अष्ट्रेलियन म्याट रोसलाई नियुक्त गर्यो।
प्रशिक्षक नियुक्त भएको भोलिपल्ट अर्थात सोमबार एन्फाले नवनियुक्त प्रशिक्षक र पत्रकारबीच पत्रकार सम्मेलन गर्यो। पत्रकार सम्मेलनमा बोल्दै नवनियुक्त प्रशिक्षक रोसले आफ्नो पहिलो लक्ष्य- नेपाललाई साफ च्याम्पियनसिप जिताउने भएको बताए।
उनले भने, ‘हाम्रो लक्ष्य भनेको अब एसिया कपमा छनोटको हुने छ। तर, त्योभन्दा पनि हाम्रो मुख्य लक्ष्य साफ च्याम्पियनसिप जित्ने हुनेछ।’
उनले एसिया कपमा छनोट नभएपनि त्यस छनोट नजिक पुर्याउने बताए।
आइतबार नवनियुक्त भएका प्रशिक्षकले एक वर्षको सम्झौता गरेका छन्। साथै, उनले धेरै नेपाली खेलाडीहरू विदेश गएको बारेमा आफूलाई जानकार रहेको पनि बताए। विदेश गएका खेलाडीहरूलाई यही नेपालमा बसेर खेल्न अवसर सिर्जना गर्ने कुरा उल्लेख गरे।
‘मैले नेपाली खेलाडीहरू विदेश गएको कुराको बारे जानकारी लिएको छु, यो एकवर्षको अवधिमा मैले विदेश गएका खेलाडीहरूलाई नेपालमै खेल्न मिल्ने गरी वातावरण बनाउने छु,’ रोसले भने।
गत मसिंरमा भिन्सेन्जो अल्बर्टो एनसेको सम्झौता सकेपछि नेपाली राष्ट्रिय पुरुष टोली मुख्य प्रशिक्षक विहिन थियो। एन्फाले गरेको प्रशिक्षकको रिक्त स्थानको आव्हानमा ४१६ जनाले प्रशिक्षकको लागि आफ्नो नाम दर्ता गरेका थिए।
तर, ती ४१६ जनामा छनोट गरेर एन्फाले २० जनालाई छनोट गर्यो। त्यसपछि एन्फाको छनोट समितिले उत्कृष्ट ५ जनालाई छनोट गरेको थियो। जसमा म्याट रोस नेपाली राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा आबद्ध भए।
‘नेपाली टोलीको प्रशिक्षक हुन पाउँदा मलाई निकै नै खुसी लागेको छ। साथै म एकदमै उत्साहित छु। मैले विगत एकवर्षदेखि नेपाली फुटबललाई फलो गरिरहेको छु’ रोस भन्छन् ‘यहाँको खेलाडीहरू एकदमै धेरै टयालेन्ट देखेको छु।’
अब नेपाली राष्ट्रिय पुरुष टोलीले उनकै प्रशिक्षणमा मलेसियाविरुद्द खेल्ने छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया