बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीले बहुमत नपाउने स्वीकार गरेका छन्।
भैरहवामा सोमबारबाट सुरु भएको देशभरका कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अहिलेकै अवस्थामा पार्टीले बहुमत ल्याउन नसक्ने हुँदा सबैभन्दा ठूलो पार्टी बनाउन तयारी गर्नुपर्ने बताए।
‘बहुमत ल्याउन नसके पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ,’ उनले भने, ‘कांग्रेस प्रति देशभित्र र बाहिर आकर्षण छ।’
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भैरहवामा आयोजना गरेको प्रशिक्षण सोमबार र मंगलबार चल्ने पार्टीले जनाएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रबाट १३० जना क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र ३५ जिल्लाका ७० प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापति गरी ३३० जना क्षेत्रीय सभापतिहरूलाई प्रशिक्षण दिइने कांग्रेसले जनाएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया