बिएल संवाददाता
संघीय संसद् सचिवालयले दुईजना पत्रकारको प्रवेश पास निलम्बन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको आरोप थोपरेर पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो। श्रेष्ठ ‘युवा मन नेपाल’ नामक युट्यूव च्यानल र ओली ‘सुनौलो नेपाल’ च्यानलका हुन्।
प्रधानमन्त्री ओलीको चासोपछि महासचिव स्तरीय निर्णयबाट यसो गरिएको बताइएको छ।
गत फागुन ४ गते बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै गर्दा प्रम ओलीलाई पत्रकारहरूले संसद भवनको ढोकैमा प्रश्न सोधेका थिए।
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा सांसद प्रभु साहको प्रश्नको जवाफ नदिएकोप्रति संकेत गर्दै उनीहरूले ‘तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्रीज्यू?’ भनेका थिए।
पत्रकारले अमर्यादित प्रश्न सोधेको भन्दै एमाले संसद सूर्य थापा लगायतले संसदमै विरोध गरेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया