बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिपक्ष भएपछि विरोध गर्नुपर्छ भन्ने सोचले मात्र सरकारले जारी गरेको अध्यादेशविरुद्ध विरोध भइरहेको दाबी गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो अध्यादेश ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार’ भने जस्तो प्रतिपक्षले काँडैकाँडा मात्र देखे पनि सरकारले फूलै फूल देखेको बताए।
उनले सुशासन कायम गर्ने, सार्वजनिक सेवालाई प्रवाह गर्नुपर्ने कुरा आजको दिनमा अति आवश्यक भएको हुनाले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदन नचलेको बेला अध्यादेशमार्फत ल्याएको बताए।
उनले भने, ‘यो अध्यादेश फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार भने जस्तो हो। उहाँहरूले काँडैकाँडा मात्र देख्नु भएछ, हामीले फूलै फूल देख्या छौं। प्रतिपक्षमा हुनुभएका दलहरूसँग बल त हुन्छ विरोध गर्ने तर विषय नै पाउनु भएन कहाँ र कुन दफामा विरोध गर्ने भनेर, उहाँहरूको अभिव्यक्तिबाट मलाई त्यस्तै लाग्यो। विरोध गर्नुपर्छ भनेर गर्नुभयो त्यति हो।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया