बिएल संवाददाता
अभिनेत्री रेखा थापाले नेकपा माओवादी केन्दको आलोचना गरेकी छिन्।
आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले माओवादी नेताको आलोचना गरेकी हुन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ अन्तर्गत मधेसमा निस्किएको विषयलाई कोट्याउँदै उनले लेखेकी छन्, ‘हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र? फेरि एक चोटी मधेसतिर लालसेना खोज्न हिडेँछन् काम्रेडहरू, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो? चटक पनि कत्ति जानेको?’
सत्ता बाहिर बसेर माओवादीले पीडा महसुस गरिरहेको बताउँदै उनले लेखेकी छिन्, ‘यो देशमा सत्ता बाहिर बस्न यती पिडा महसुस गर्ने माओवादी, आफ्नो समीक्षा कहिले गर्ला? छातीमा गोली थाप्नेहरू हराए, युद्धमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउँछौं भन्नेहरू हराए, अब फेरि अभिनय किन? बरु सिधैं भन्नु नि– हामी राजनीतिमा भाइरल हुने अधुरो रहर बोकेर गाउँ छिरेका छौँ।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया