बिएल संवाददाता
अभिनेत्री रेखा थापाले नेकपा माओवादी केन्दको आलोचना गरेकी छिन्।
आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले माओवादी नेताको आलोचना गरेकी हुन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ अन्तर्गत मधेसमा निस्किएको विषयलाई कोट्याउँदै उनले लेखेकी छन्, ‘हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र? फेरि एक चोटी मधेसतिर लालसेना खोज्न हिडेँछन् काम्रेडहरू, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो? चटक पनि कत्ति जानेको?’
सत्ता बाहिर बसेर माओवादीले पीडा महसुस गरिरहेको बताउँदै उनले लेखेकी छिन्, ‘यो देशमा सत्ता बाहिर बस्न यती पिडा महसुस गर्ने माओवादी, आफ्नो समीक्षा कहिले गर्ला? छातीमा गोली थाप्नेहरू हराए, युद्धमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउँछौं भन्नेहरू हराए, अब फेरि अभिनय किन? बरु सिधैं भन्नु नि– हामी राजनीतिमा भाइरल हुने अधुरो रहर बोकेर गाउँ छिरेका छौँ।’
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया