बिएल संवाददाता
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको बताउँदै पार्टीको नेतृत्वका लागि आफू सक्षम रहेको दाबी गरेका छन्।
आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र विधानअनुसार महाधिवेशन सम्पन्न गरिने बताए।
पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री सिंहले आफू अहिले रहेको पदबाट कुनै पनि हालतमा पछाडि नहट्ने संकल्प गरे।
उनले भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्नेभन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ। तर, जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन।’
उनले विद्यार्थीकालदेखि सुरु भएको आफ्नो राजनीतिक यात्रा स्थानीय तह हुँदै पार्टी नेतृत्वमा अपुग्दासम्म अनुभवले थप जिम्मेवारी सम्हाल्न सक्षम भएको दाबी गरे।
उनले भने, ‘मैले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको छु।’
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया