बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सिरहा आउँदा आफ्नै परिवारसँग भेटेजस्तो अनुभव हुने बताएका छन्।
माओवादीको तराई मधेस जागरण अभियानका क्रममा सिरहामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले मधेससँग आफ्नो लभ परेको उल्लेख गर्दै यहाँ आउन पाउँदा आफूलाई माइतीघरमा आएजस्तो अनुभव हुने सुनाए। प्रचण्डले आफूलाई दोस्रो संविधानसभामा सिरहाले जिताएर पठाएको स्मरण समेत गरे।
उनले भने, ‘तपाईंहरूसँग भेट्दा आफ्नै परिवारसँग भेटेजस्तो लाग्छ। यहाँ आउँदा म भावुक हुन्छु।’
उनले जनयुद्धकालमा माओवादीले मधेसबाटै सैन्य तालिमको व्यवस्था गरेको बताए। आफूले पहिलोपटक हतियारको तालिम पनि सिराहा-धनुषामा नै लिएको उनले बताए।
जनयुद्धमार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेकोले माओवादीलाई अविश्वास गर्नुपर्ने कारण नभएको दाबी गरे।
उनले भने, ‘मैले पहिलोचोटि हतियारको तालिम र बम विष्फोटसँग तालिम लिएको पनि सिराहा-धनुषामै हो। जनयुद्धमार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको हो। त्यसैले माओवादीलाई अविश्वास नगर्नुस। माओवादी तपाईंहरूको मुक्तिका लागि समर्पित पार्टी हो।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया