
तीनकुने घटनाको ‘निष्पक्ष छानबिन’ माग गर्दै मानवअधिकार आयोगमा नेपाल एकता पार्टीको निवेदन
पार्टीका प्रवक्ता उज्वल घिमिरेले हस्ताक्षर गरेको निवेदनमा भनिएको छ, ‘राष्ट्रिय मानव अधिकार आयोग जस्तो संवैधानिक र कानूनी हैसियत प्राप्त निकायबाट नेपालको संविधान, नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिसम्झौताको रोहबाट निष्पक्ष छानविन गरी सत्यतथ्य जानकारी पाउने आम नागरिकको नैसर्गिकता संरक्षण गर्नु, पीडितलाई क्षतिपूर्ति दिलाउनु तथा दोषी उपर कारवाहीको सिफारिस गर्नु त्यस सम्मानित आयोगको संवैधानिक कर्तव्य स्मरण गराउदै आस्थाका बन्दीलाई तत्काल रिहा गरी आजका मितिले ७ दिन भित्र विश्वासयोग्य छानविनको प्रक्रिया थालनी गरिपाउन सादर निवेदन गरिन्छ। नगरिएको अवस्थामा संलय तथा सम्मानित आयोग बिरुद्द अन्तराष्ट्रिय क्षेत्र (१९३ देश तथा अन्तराष्ट्रिय मानव अधिकार आयोग तथा नियोग) मा व्यक्तिपरक पत्राचार गरिने व्यहोरा समेत जानकारी गराउदै मिति २०८१|१२|१५ गते तिनकुनेमा भएको युद्द अपराध, शान्तिविरुद्द अपराध र मानवता विरुद्दको अपराधको छानविन गरी दोषी उपर अनुसन्धान र अभियोजनको सिफारिस गरि पाउँ।’

बिएल संवाददाता - काठमाडौं