बिएल संवाददाता
केन्द्रीय कारागार, जगन्नाथदेवलस्थित महिला बन्दीगृहबाट शुक्रबार भागेकी सपना तामाङ आइतबार राति पक्राउ परेकी छन्।
असनस्थित प्रेमीको डेरामा लुकेको अवस्थामा उनी फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए।
नुवाकोट, विदुर नगरपालिका–१३ की २५ वर्षीया उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा आजन्म कैद भुक्तान गरिरहेकी थिइन्।
भोजपुर घर भई असनमा डेरा गरी बस्ने समीर श्रेष्ठसँग उनको जेलमा भएकै अवस्थामा चिनजान भएको थियो।
समिरकै उक्साहटमा सपना जेलबाट भागेपछि रमाइलो गर्न उनीहरू डेरामा पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
सपनालाई कारागारमा फिर्ता ल्याएको कारागार प्रशासक (जेलर) कृष्ण चापागाईंले बताए।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया