शनिबार, १३ जुन २०२६

न्यायालयमा सुधार खोज्न उच्चस्तरीय अध्ययन समिति गठन गर्ने प्रस्तावित प्रधानन्यायाधीशकाे याेजना

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायालयमा सुधार खोज्न एक महिनाभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने योजना सुनाएका छन्।

मंगलबार बसेकाे सदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत  गर्दै उनले यस्ताे  सुनाएका हुन्। 

न्यायपालिकाको रणनीतिक योजनाको तर्जुमा र कार्यान्वयनमा रहेको भूमिका एवं आफूले हासिल गरेका अनुभवका आधारमा काम गर्ने बताउँदै उनले भने, ‘प्रधान न्यायाधीशको मुख्य भूमिका र जिम्मेवारी रहने भए तापनि यसलाई मैले सहकार्य, समन्वय र सहकारितामा आधारित भई कार्यान्वयनमा लैजाने सोच बनाएको छु।’  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!