शनिबार, १३ जुन २०२६

रास्वपा सांसद कार्की र नाइजेरियाकी युवतीबिचको सम्बन्ध संसदमा चर्चा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपाकी सांसद पार्वती बिकले रास्वपाका सांसद कृष्णकुमार कार्कीको विवादित यौन प्रकरणको विषयमा संसद्‍मा प्रश्न उठाएकी छन्। 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै बिकले सांसद कार्कीले नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको भनेर आएका विषयमा सभामुखको ध्यानाकर्षण गराएकी हुन्। 

उनले भनिन्, ‘एकजना सत्तापक्षका सांसदले एकजना विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र छ। यो कुराले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई बुझ्ने तरिका के हो? हाम्रो राष्ट्रियताको विषय? उनीहरूले हाम्रो देशलाई कसरी हेर्छन् र हामीलाई कुन ढङ्गले बुझ्छन्?’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!