बिएल संवाददाता
जन्मकैदको सजाय पाएर कैद काटीरहेको महिला मध्यरातमा सुन्धारा कारागारबाट फरार भएकी छन्।
नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ शुक्रबार राति करिब १ बजेतिर कारागारबाट फरार भएको सुन्धारा कारागारमा प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंले बताए।
चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी उनी गत जेनजी आन्दोलनको समयमा पनि फरार भएकी थिइन्। दुई महिनापछि पक्राउ परेकी उनी फेरि फरार भएकी हुन्।
कारागार प्रशासनका अनुसार तामाङले कारागारको पर्खाल नाघेर भागेको देखिएको छ।
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया