शनिबार, १६ अगस्ट २०२५

कुशल र आसिफको अर्धसतकसँगै कुवेतमाथि नेपालको जित

कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका थिए। आसिफले ३४ बलमा अर्धशतक पूरा गरे। अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए। यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुख्य राजमार्गको अवस्था: कतै पूर्ण अवरुद्ध, कतै एकतर्फी

नेपाल प्रहरीका अनुसार पूर्वपश्चिमका विभिन्न पाँच राजमार्गका सडकखण्डहरू एकतर्फी सञ्चालनमा आएका छन्।  राप्ती राजमार्गको रुकुम पश्चिम, सुर्खेत-हुम्ला सडक, तथा जाजरकोटका मूल सडकहरू पूर्णरुपमा अवरुद्ध छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर युद्ध :  ट्रम्पले चीनमाथि १२५ प्रतिशत पुर्‍याए, अरुलाई ‘९० दिन स्थगित’

बरु चीनमाथि उनले फेरि कर थपिदिएका छन् र अब चीनले अमेरिकामा सामान निर्यात गर्दा १२५ प्रतिशत भन्सार कर तिर्नुपर्नेछ। एक सातामै उनले चीनमाथि तीन पटक कर बृद्धिको घोषणा गरेका हुन्।  चीनले पनि अमेरिकी सामग्रीमाथि ८४ प्रतिशत कर घोषणा गर्दै अमेरिकाको ‘दादागिरी’का सामु चीन कहिल्यै नझुक्ने प्रतिक्रिया दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लामो समयपछि काठमाडौंमा वर्षा (तस्बिरहरु)

काठमाडौं उपत्यकामा लामो समयपछि वर्षा भएको छ। बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी र चट्यासहित वर्षा भइरहेको छ। वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण केही मात्रामा घट्ने अपेक्षा गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उपत्यकामा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तीनकुनेमा गोली लागेकी रेविका भेट्न गृहमन्त्री अस्पतालमा, उपचार खर्च तिर्ने आश्वासन

गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। मंगलबार मन्त्री लेखकले सिभिल अस्पतालमा पुगेर उपचारत खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। मन्त्री लेखकलाई रेविकाले हात जोड्दै सुरुमा मेरो खुट्टा ठीक हुनुपर्‍यो र सरकारले आफ्नो भविष्य सुनिश्चित गरिदिनुपर्‍यो भन्दै आग्रह गरिन्। सोही क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री लेखकले आन्दोलनको क्रममा जतिपनि घाइते भएका छन् सबैको सरकारले निःशुल्क उपचार गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंको भिडियो सन्देशः भागेको होइन जोगिएको हुँ, मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छु

तीनकुनेको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले अर्को भिडियो सन्देश सार्वजनिक गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले आफु ‘भागेको’ नभइ ‘जोगिएको’ बताका छन्। उनले  आफू मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार रहेको पनि बताएका छन्। ‘म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु,’ उनी भन्छन्, ‘दुर्गा व्यक्ति होइन, एउटा विचार हो। म पेरुको गोन्जालो बन्न चाहन्न नेपालको लिडर बन्न चाहन्छु। नेपालीहरूलाई बचाउँन चाहन्छु।’ त्यस्तै उनले राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र कीर्तिपुरका सवारी मजदुर सविन महर्जनको परिवारलाई जनही ५/५ लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनाः आफूलाई ‘मेकानिकल इन्जिनियर’ बताउने शिशिर जिसी पक्राउ

चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्नहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। तीनकुनेमा प्रदर्शनमा अवान्छित गतिविधी गरेको आरोपमा बुधबार प्रहरीले थप एक जनालाई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आफूलाई मेकानिकल इन्जिनियर बताउने ३१ वर्षीय शिशिर जिसी रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनायो। कार्यालयको टोलीले पक्राउ गरेका जिसीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइने तयारी भएको छ। जिसी ललितपुरको मेरोसिटी अपार्टमेन्टबाट पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी दूतावासले भन्यो- अवैध तरिकाले अमेरिका पस्न खोज्दा ज्यान नै संकटमा पर्नसक्छ

नेपालस्थित अमेरिकी दूतावासले गैरकानुनी रुपमा अमेरिका पुग्ने बाटो निकै खतरनाक रहेकोले आफ्नो ज्यानलाई जोखिममा नहाल्न आग्रह गरेको छ। दूतावासले बुधकार सामाजिक सञ्जालमार्फत गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने भएकोले यस्तो बाटो अनपनाउन आग्रह गरेको हो। दूतावासले भनेको छ, ‘आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैरकानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन्। यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई गगनको सुझावः भाषण गर्दै नहिँड्नुस्, शिक्षकको माग पूरा गर्नुस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ओली सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। रुपन्देहीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको रवैयाप्रति असन्तुष्टि जनाएका हुन्। उनले प्रधानमन्त्री र मन्त्रीहरू काम गर्न छोडेर उद्घाटन र भाषणमा केन्द्रीत भएको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘यो बिँड तातेरमात्रै हुँदोरहेनछ, ताप्के ताप्नुपर्छ । ताप्के भनेको नेतृत्व प्रधानमन्त्री हो। म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु। सुझाव दिइरहेको छु, झकझकाइरहेको छु, मद्दत पुर्‍याइरहेको छु। म भनेको कांग्रेस। तर परिणाम दिने कुरामा जिम्मेवारबोध सरकारको प्रमुखसँग हुनुपर्छ। सरकारले ठीक समयमा ठीक ढंगले काम गरेको भए अहिले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै बन्दैनथ्यो। अहिले पनि केही बिग्रिएको छैन। शिक्षक साथीहरूको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा पठाउनुपर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ओली आउँछन्’ भनेर दमकलले पानी हालेर गुराँस फुलाइयो, गए प्रकाशमान

२४ घण्टा अगाडिसम्म प्रधानमन्त्री किन आएनन् भन्ने प्रश्नमा सरकारी पक्षहरू प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आउन नसकेको जवाफ दिन्छन्। उद्घाटन समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै भने, ‘प्रधानमन्त्रीज्यू कार्य व्यस्तताका कारण आउन सक्नुभएन।’ तर उनले भनेजस्तो वस्तुस्थिति भने देखिँदैन। महिनौँ अगाडिबाट प्रधानमन्त्रीको नाम जोडेर प्रचार गरिनुका साथै २४ घण्टा अगाडि मात्रै प्रधानमन्त्री आउने जानकारी गराउनुले पनि कार्य व्यस्तता भनिनु प्रथमतः नै मिल्ने अवस्था रहँदैन। खास गरी पर्यटन वर्षको उद्घाटन अपेक्षा गरिए अनुसारको हुने नभएपछि प्रधानमन्त्रीको आउने कार्यक्रम रद्द भएको हो। पर्यटन वर्ष उद्घाटन गरिएको ठाउँ गुराँसको राजधानी तेह्रथुम हो। विगतका वर्षहरूलाई हेर्ने हो भने यो मौसममा गुराँसले जङ्गल ढकमक्क ढाक्नुपर्ने हो। तर, यो वर्ष पानी पर्न नसकेका कारण गुराँस फूल्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

शेखर र गगनलाई महतको सुझावः अधिवेशन मंसिरमा हुँदैन, ‘म नै सभापति हुन्छु’ भन्दै नहिँड्नुस्

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको महाधिवेशन आगामी मंसिरमा हुन नसक्ने बताएका छन्। १५औं महाधिवेशनको तयारीका लागि हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा निस्केका महतले सप्तरी क्षेत्र नम्बर १ ले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट एवम् अन्तर्क्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले अहिलेसम्म कुनै तयारी नभएको र एक वर्ष थप गर्ने परम्परा अनुसार एक वर्षपछि भने महाधिवेशन गर्न सकिने उनले बताए। उनले भने, ‘आउँदो मंसिरमा अधिवेशन हुनेवाला छैन। किनभने त्यसको तयारी नै भएको छैन। सधैं एक वर्ष त थप्ने गरेकै छ। कम्तीमा एक वर्ष त थपिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - सप्तरी

सांसद सोबिता गौतम आईपीयूको स्वास्थ्य समिति सदस्यमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम अन्तर संसदीय संघ (आईपीयू)को १५०औं महासभामा गठन भएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् । चार वर्षका लागि निर्वाचित भएका १५ सदस्यहरूको कार्यकाल मार्च २०२९ मा सकिनेछ। आईपीयु महासभाको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो। सोही निर्णयका आधारमा बनेको समितिमा सांसद गौतम निर्वाचित भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईजीपी दीपक थापाविरुद्ध ‘अश्लील गालिगलौज’ गरेका कमल विष्ट पक्राउ

गत चैत १५ गतेको हिंसात्मक राजावादी आन्दोलनमा सहभागी राष्ट्रिय शक्ति नेपाल ललितपुरका अध्यक्ष कमल विष्ट पक्राउ परेका छन्। ललितपुरको ठेचो घर भएका विष्टलाई ढोलाहिटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय स्रोतले बतायो। उनी राप्रपा नेपालका नेता केशरबहादुर विष्ट निकट मानिन्छन्। विष्टलाई तीनकुने घटनामा संलग्न भएको र आईजीपी दीपक थापाविरुद्ध अश्लिल गालीगलौच गरेको आरोपमा पक्राउ गरिएको स्रोतले बतायो। विष्टले राजावादी आन्दोलन हिंसात्मक बनेपछि अबको आन्दोलन श्रीलंका र बंगलादेशको मोडेलमा सञ्चालन गर्नुपर्ने अभिव्यक्ति पनि दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि ज्यादती गरिएको भन्दै रास्वपाले मानवअधिकार आयोगलाई बुझायो ज्ञापनपत्र

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले ज्यादती गरेको र गम्भीर मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ। गत शुक्रबार सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती र मानव अधिकार हनन् भएको भन्दै रास्वपाले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे हो। बुधबार रास्वपा नेताहरू सन्तोष परियार, कवीन्द्र बुर्लाकोटी, गणेश पराजुलीलगायतले मानवअधिकार आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी सहितको ज्ञापनपत्र बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकार असफल भइसक्यो: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्ट मिलेर बनेको ओली सरकार असफल भएको दाबी गरेका छन्। मंगलबार जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस-कम्युनिष्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यान्यवन नभएको बताए। उनले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधन गर्ने भनिएको भएपनि पुरा नभएको जिकिर गरे। उनले अहिले नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र भइरहेको  बताए। संविधान संशोधन गर्ने नियतमा यो सरकारको गठन नभएको उनको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

दाउन्नेमा अब १० घण्टा सवारी रोकिने, वैकल्पिक मार्ग कहाँ र कस्ता छन्?

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डमा पर्ने दाउन्नेको उकारो-ओरालो घुम्तीमा वर्षौंदेखि सडकको काम हुन सकेको छैन। जसका कारण करिब १४ किलोमिटरको यो सडक पार गर्न अहिले लगभग ६-७ घण्टासम्म लाग्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छः डा.भुपेद्र दास

वायु प्रदूषण पनि एकप्रकारको विपद् नै हो, यसले धेरै जाखिमहरु निम्ताएको छ। नेपालमा अहिले मृत्युदर बढ्दो क्रममा छ। जति जति समय बित्दै जान्छ, जलवायु परिवर्तन हुँदै गइरहेको छ। सोही अनुसार वायु प्रदूषण पनि बढि रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ओलीलाई ‘मोदी गृहकार्य’ : राजासहितको हिन्दू राष्ट्र

नेपालमा ‘राजा फर्काउने आन्दोलन’ सुरू भएकै छेको पारेर ओलीले 'मोदी-दर्शनभेट’ पाएका छन्। एक्लाएक्लै भएको यो भेटबाट एउटा आशंका उब्जिएको छ- ‘कतै यो भेट नेपालमा राजासहित हिन्दू राष्ट्र बनाउने शर्तमा त भएको थिएन ?’ राजावादीहरू हर्काउदै आएका ओलीसामु अर्को एउटा गम्भीर प्रश्न उभिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

प्रभु साहको ‘आम जनता पार्टी’का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहद्वारा पार्टी परित्याग

आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको कुनै जिम्मेवारी नरहने सार्वजनिक रूपमा घोषणा गरी राजीनामा दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्,‘आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष मा. प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको पार्टी प्रगति गरोस् हार्दिक शुभकामना छ। आजको मितिदेखि म पार्टीको कुनैपनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु।’  आम जनता पार्टीमा रहँदा आफ्ना स्वार्थ त्याग गरी प्रभु साहको लागि दिनरात इमानदारीपूर्वक लागेको र उनको समकक्षीको रूपमा सधैं साथ सहयोग गर्दै आएको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं