शनिबार, १३ जुन २०२६

प्रधानन्यायाधीशको सुनुवाइ आजै हुनुपर्ने रास्वपाकाे अडान

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

 सत्ता पक्ष सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने अडान राखेका छन्।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी दलहरूका सदस्यहरूले एक दिनको समय मागेपनि रास्वपातर्फका सदस्यहरूले आजै सुनुवाइ गर्नुपर्ने अडान राखेका हुन्। 

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आजै उजुरी सुन्ने, कार्ययोजना सुन्ने र छलफल गर्नुपर्ने बताउँदै भने,  ‘आज उजुरी सुनौं, कार्ययोजना सुनौं । त्यसपछि समय चाहिने जस्तो लागे छलफल गरौंला।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!