बिएल संवाददाता
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका एक चीन नीतिको समर्थनमा फर्किएको संकेत गरेका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ट्रम्पले ताइवानलाई एकतर्फी रुपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिँदै यस्तो संकेत गरेका हुन्।
चीनमा विश्वका दुई महाशक्ति राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनका क्रममा ट्रम्पलाई सीले ताइवानबारे कुनै हस्तक्षेप नगर्न चेतावनी दिँदै जबरजस्ती गलत तरिकाले सम्हाल्न खोजे दुई देशबीच टकरावको स्थिति सिर्जना हुने स्पष्ट पारेका थिए।
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै ताइवानले औपचारिक स्वतन्त्रताको घोषणा गर्न नहुने चेतावनी दिएका हुन्। बीबीसीका अनुसार ताइवानको विषयलाई ‘अत्यन्त संवेदनशील’ भन्दै ट्रम्पले कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने बताएका हुन्।
सीलाई भेटेर फर्किएका ट्रम्पले ताइवानबारे अमेरिकाको अहिलेसम्मको अनौपचारिक अडानविपरित अभिव्यक्ति दिएपछि संसारभर राजनीतिक तरंग उत्पन्न भएको छ।
विश्लेषकहरूका अनुसार, अमेरिकाले लामो समयदेखि ताइवानलाई सैन्य र राजनीतिक समर्थन गर्दै आए पनि ट्रम्पको पछिल्लो टिप्पणीलाई चीनसँग सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको भने ताइवानमा भने राजनीतिक र सुरक्षा चिन्ता बढाएको छ।
ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको बेइजिङले आवश्यक परे बल प्रयोग गरेर भए पनि ताइवानलाई नियन्त्रणमा लिएरै छाड्ने चेतावनी दिँदै आएको छ। कुनै पनि स्वतन्त्रताको प्रयासलाई उसले ‘रेड लाइन’को रुपमा लिने चेतावनी दिँदै आएको छ।
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया