राजाहरूले देशलाई लुट्नमात्रै जानेका छन्ः माधवकुमार नेपाल
उनले वंशको आधारमा २४० वर्षसम्म शासन सञ्चालन गरेर सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहिएको बताए। उनले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुने दाबीसमेत गरे। उनले भने, ‘अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको छ। अवश्य पनि पुँजीवादी व्यवस्था बदलिनुपर्छ, तर सामान्तवादी व्यवस्थामा जाने होइन। दलाल र पुँजीवादीको वर्चस्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ वर्षसम्म, २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहियो।’
बिएल संवाददाता - काठमाडौं