मिडिया काउन्सिल विधेयक खारेज गर्नुपर्नेलगायतका माग गर्दै नेपाल पत्रकार महासङ्घको सुदूरपश्चिम प्रदेशस्तरीय साधारणसभा यहाँ सकिएको छ ।
शुक्रबार राति सम्पन्न भएको साधारणसभापछि जारी गरिएको घोषणापत्रमा संविधानको मर्म एवं भावनाविपरीत प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि नीति तथा कानून नल्याउन माग गरिएको छ ।
साधारणसभाले यथाशीघ्र नयाँ सञ्चार नीति ल्याउन, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा गर्दै न्यूनतम पारिश्रमिक लागू गर्न, सञ्चारसँग सम्बन्धित प्रेस काउन्सिल, सूचना विभाग, सूचना आयोगलगायतका निकाय प्रदेशस्तरमा स्थापना गर्न समेत माग गरेको छ । घोषणापत्रमा पत्रकार आचारसंहिताको पूर्णपालना गर्न पत्रकारलाई आह्वान गरिएको छ ।