बिएल संवाददाता
रुससँग युद्ध रोक्नका लागि युक्रेन तयार भएको छ। मंगलबार साउदी अरबमा अमेरिका र युक्रेनका उच्च अधिकारीहरूबीच भएको एउटा वार्ताका क्रममा युद्ध रोक्नुपर्ने अमेरिकी प्रस्तावमा युक्रेन तयार भएको हो।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकी प्रस्तावअनुसार आफूहरू तत्काल तीस दिनका लागि युद्धबिराम गर्न तयार भएको बताएका छन्।
वार्तापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो प्रस्ताव रुससँग पनि राख्ने बताउँदै ‘अब बल रुसकै कोर्टमा रहेको’ बताएका छन्।
युद्ध रोक्ने प्रस्तावमा सहमत भएसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनलाई फेरि सैन्य तथा गुप्तचर सूचनामा सहयोगलाई निरन्तरता दिन राजी भएका छन्।
यसअघि खनिज सम्झौतामा हस्ताक्षर गर्नका लागि ह्वाइटहाउसमा बोलाएर ट्रम्प र उनका उपराष्ट्रपति जेडी भेन्सले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई निकै अपमान गरेर निकालिदिएका थिए। त्यसपछि युक्रेन युरोपेको साहारामा पुगेको थियो।
त्यो तनावपूर्ण बैठकपछि युक्रेनलाई सबै सहयोग रोक्दै ट्रम्पले ‘ठूलो क्षतिको भागिदार हुनुपर्ने’ चेतावनी दिएका थिए।
त्यसको केही दिनपछि युक्रेन अमेरिकी अधिकारीहरूसँग वार्ताका लागि तयार भएको हो। त्यसअघि नै अमेरिकाले साउदी अरबमै रुससँग पनि वार्ता गरेको थियो।
वार्तापछि युक्रेनी अधिकारीहरूसँगको एउटा संयुक्त बक्तब्यमा अमेरिकी विदेशमन्त्री रुबियोले यो प्रस्तावलाई रुसले पनि स्विकार गर्ने विश्वास व्यक्त गरेका छन्।
‘तत्काल आक्रमण रोक्न र वार्ता सुरु गर्नका लागि युक्रेन तयार छ। हामीले यो प्रस्ताव रुसलाई पनि राख्नेछौं’ उनले भनेका छन् ‘सायद रुसले अस्विकार गर्नेछैन। रुसले यो प्रस्ताव अस्विकार गर्यो भने हामीलाई प्रस्ट हुनेछ कि शान्तिको बाधक को हो? त्यसैले अब बल रुसकै कोर्टमा छ।’
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया