रामचन्द्र न्यौपाने
डोल्पामा १५ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्लाको जगदुल्ला गाउँपालिका वडा नं. ६ की १५ वर्षीय किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका वडा नं. ५ माझगाउँका २९ वर्षीय धर्मराज बोहोरा, सल्यानको कुमाख गाउँपालिका वडा नं. ५ कालागाउँका २० वर्षीय रेशम राना र जाजरकोटको कुशे गाउँपालिका वडा नं. ९ का २१ वर्षीय कृष्ण विक रहेका छन्।
ती किशोरीलाई २०७९ फागुन १५ गते राति १० बजेतिर जगदुल्ला गाउँपालिका वडा नं.६ झ्याकोटस्थित बारीमा पहिलो पटक रेशम रानाले र त्यसपछि अन्यले पटक–पटक विभिन्न स्थानमा लगेर बलात्कार गरेको प्रहरीको आरोप छ।
ती किशोरी हाल ६ महिनाकी गर्भवती छन्। उनलाई सुर्खेतको बालबालिका हेरचाह केन्द्रमा स्तान्तरण गरिएको छ।
किशोरीका परिवारले गत साउत २७ गते पक्राउ परेका तीन जनासहित ९ जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दामा किटानी जाहेरी दिएका थिए।
प्रहरीले पक्राउ परेका तीनमाथि अनुसन्धान जारी राख्दै अन्य ६ जनाको खोजी कार्य तीव्र पारेको छ।
‘चार तारा’ र ‘रुख’ नै कांग्रेसको ब्रान्ड
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया