बिएल संवाददाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो पठाएका छन्।
भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधिर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निम्तो दिइएको जानकारी गराएका हुन्।
मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै जयसवालले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको छ,’ उनले भने।
नयाँ सरकार बनेको पाँच महिना पुग्न लाग्दा पनि नेपालका प्रधानमन्त्रीले विदेश भ्रमण थालेका छैनन्।
यता सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टीको निम्तोमा भारत भ्रमण गरिसकेका छन्। लामिछानेले भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसहित विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया