कालाे काम्माकाे (कालाे भेडाकाे उनले बुनेकाे महिलाहरुले ओड्ने पछ्याैरा) घुम्चाे हालेकी, सेताे पारवाला चस्मा लगाएकी, अनुहारभरि निचाेरिएकाे कपडाजस्ताे चाउरी परेकी, थर्थर आग्ला (शरीर) कमाउँदै, पञ्चकलस र पानसमा दियाे बालेर सबैभन्दा जेठी आमा देवी चाैलागाईले 'लाम्रा संवाद गाउँगाउँका कुडा' दाेस्राे संस्करणकाे उद्घाटन गरिन्।
पछाडिपट्टी पान्चेबाजकाे धुन बज्याे। मुग्लेरीकाे सुरिलाे स्वारमा मागल गुन्जियाे। कवा मष्टाेका धामीले बाह्र भाइ मष्टाे, नाै दुर्गा भवानी, दरा खाेलाका मान्यगन्य, काँधमैकी पात्यली, अग्ला लेखकी भगवती, पाटनकी देवी सबै दाइना भया भनी पुकार गरे। औपचारिक रुपमा लाम्रा संवादमा कुडा सुरू भया।
यसपालि लाम्रा संवाद एक गाउँकाे मात्र नभई गाउँगाउँका कुडा गर्ने कार्यक्रम भनी आयाेजकले निर्णय गरेकाे थियाे। त्यसैले दराखाेला सबै क्षेत्रका मान्छे लाम्रा पुगे। सिंजा दरा, पाँनसय दरा, असी दरा सबै ठाउँका मान्छे लाम्रा पुगेकाे देखेर हर्सित भएका वडाअध्यक्ष हरि बहादुर डाँगीले दिल खाेलेर स्वागत गरे।
'याे कर्णालीकाे गर्विलाे इतिहासबारे नयाँ पुस्तालाई जानकारी दिने कार्यक्रम हाे,' उनले भने, 'हाम्रा आफ्नै चालचलन, रितिथिति छन्। यीनकाे अलग सांस्कृतिक महत्त्व छ। याे जगेर्ना गर्ने मुख्य ध्येय हाे। हाम्रा अग्रजबाट इतिहासका महत्त्वपूर्ण कुरा लिन चाहन्छौं।'
यसपछि 'लाम्रा संवाद गाउँगाउँका कुडा' २०७८ दाेस्राे संस्करणका संयाेजक नन्दप्रसाद चाैलागाईले दिनभरिकाे कार्यक्रमकाे जानकारी गराए।
कार्यक्रमकाे सुरुवातामा तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्याैपानेबाट विद्त प्रवचन सुनाइयाे। प्रवचनको सुरुवातमा उनले गर्वका साथ भने, 'विश्वका चारवटा सभ्यतामध्ये कर्णाली पनि एक हाे।'
इतिहासका कैयाैँ राेचक किस्साहरुकाे हरस्याेउद्घाटन गरेका उनले नयाँ पुस्तालाई कर्णालीबासी सुनकाे कचाैरामा बसिरहेकाे हुनाले आफ्नाे माटाेकाे लागि लाग्नुपर्ने सुझाव दिए। तिब्बतीहरुले आफ्नाे भुगाेलसँग कर्णालीलाई तुलना गर्ने गरेकाे, 'हामीसँग के छ? कर्णालीसँग के छैन?' कहानी सुनाएर व्यवस्थापन मात्रै गर्न बाँकी रहेकाे भने।
'जतिबेला कर्णाली सभ्यताको विकास गरिरहेकाे थियाे, त्यसबेला कर्णाली युराेपभन्दा विकसित थियाे। युराेपभन्दा धनी थियाे,' उनले भने, 'त्यसबेला कर्णालीमा चाँदीका सिक्का बनाउने मेसिनकाे विकास भएको थियाे। तिब्बतलाई सिक्का बनाएर पठाउँथ्याे।'
सभ्यता चरम उत्कर्समा पुगेकाे बेला व्यवस्थापन गर्न नसक्दा सिंजा साम्राज्यकाे विघटन हुनु कर्णालीका लागि निकै दुखद घटना भएको उनले बताए। 'त्यसपछि उब्जेका भुरे–टाकुरे राजाहरु सीमित स्वार्थमा अल्झिए। उनीहरुले सभ्यताको महत्त्व बुझ्न सकेनन्।'
संयाेग भनाैं लाम्रा संवाद दाेस्राे संस्करणकाे तयारी चलिरहँदा लाम्रा गाउँमा बत्ती बल्याे। नेपालमा जलविद्युत बलेको वि.सं. १९६८ सालमा हो। त्यो ऐतिहासिक युग शुरु भएको ११० वर्षपछि लाम्रा उज्यालीयाे। लाम्राकाे इतिहास सुरु हुन पनि जुग सकिनु पड्न्या रहेछ। यसले पनि प्रष्ट पार्छ कर्णालीलाई दखल गर्ने सत्ता आफू उज्यालोमा बसेर पनि मन कति अँध्यारो बनाउँदाे रहेछ भन्ने।
तर लाम्रा अँध्यारो भइकन पनि उज्यालोकाे खाेजी गरिरहयाे। इतिहासका कैयौँ ठेलीहरुमा संग्रहित उज्याला पानाहरु पल्टाइरहयाे। त्यही विरासतमा स्वर्णिम भविष्यकाे कल्पना गर्न सुरुवात गरियाे, लाम्रा संवाद।
याे स्वर्णीम भविष्यलाई तातोपानीका दमाईहरुले बाजा बजाएर ओर्छाेपाेर्छाे (स्वागत) गरे।
जब बाजाकाे तालमा दमाईहरु नाचे, तब टाढाका नजिक आए। कार्यक्रम स्थल गाउँलेकाे भिडले घेरियाे। उनीहरुले रंगरंगका बाजा बजाए, थरिथरिका तालमा नाचे। अहाे! बाजा बजाएन भने कर्णालीमा कुनै औसर हुँदैन। रुङ्गी रड (रहर) हुँदैन। जन्म उत्सव चल्दैन। विवाह खल्लाे हुन्छ। व्रतबन्धनकाे साइत निक्कलदैन। जस्ताे मागलकाे महत्त्व उस्तै बाजमका ताल र रागकाे महत्त्व।
त्यसैले त यसपालि लाम्रा संवादले 'नाैं नगरा, ३६ पयाना' नामकाे सत्र नै संचालन गर्याे। पत्रकार सागर परियारले खाेतले बाजा बजाउनेका कथा। बाजाका तालका कथा। बाँच्न पुग्ने पारिश्रमिक नपाउँदा बाजा र पेशा नै लाेप हुने स्थितिमा पुगेका भयानक कथा।
कथाहरुकाे चाँङले थिचिएका दमाइले 'खुट' हान्दा हुने संचार र संवाद। ठुलाबडाका स्वागत, सत्कारमा बज्ने नगरा, कुल देउता, इष्ट देउता, मष्टाे, राेपाई, चाेपाई, बालाे नचाउने बेला बज्ने पयाना।
यी सबैकाे विषयमा नाइके साउने दमाई, पञ्चेबाजा संरक्षण समितिका अध्यक्ष हस्त दमाई, सहायक नाइके लाल बहादुर दमाई, अर्का सहायक नाइके लाेक बहादुर दमाईले खुरेर छलफल गरे।
सबैले एकै स्वर लाएर अपिल गरे, 'हामी बाजा संरक्षण गर्न लागेका छाैं। याे सम्भव छ। औसरमा बिकिर्ति नभित्र्याउनुहाेस्। अनि हाम्राे कला र सीप दुबै संरक्षण हुनेछ। संस्कृति जाेगिनेछ।'
पारी हाँकु, वारि लाम्रा माझका दियार।
दैकाे भूमि मेराे पाइलाे सप्रिजा खियार।
नदी पारिकाे हाँकु गाउँ, वारीकाे लाम्रा गाउँ। बीचमा तीन हजार वर्ष बढी आयु भएकाे देव द्यारकाे रुख। त्यहीँ एक जाेडी प्रेमीले साइतमा देउडा गीत गाउँछन्। यी गीतले सभ्यताको विकासमा टेवा पुर्याएका छन्। सभ्यता उत्खननका सन्दर्भ सामग्री बनेकाे छन्।
प्रेमी प्रेमीकाकाे क्षेत्रमा खेल्न गएकाे छ भने उत्तम साइत खाेज्छ। प्रेमिका पनि त्यस्तै खाेज्छे। खियार भनेकाे निकाे दिन, निकाे बार। समग्रमा यस्ता शब्दहरुले नै सभ्यताको विकास गरेका हुन।
सिंजा लुड्कुका इतिहास, संस्कृति तथा भाषा सम्बन्धका जानकार तुङ्गनाथ उपाध्यायले इतिहासकाे गर्भमा रहेका यी महत्त्वपूर्ण तथ्यहरुकाे रहस्याेउद्घाटन गर्दा संचालक लाल प्रसाद चाैलागाई 'शब्द र सभ्यता' सत्रलाई अगाडि बढाइरहेका थिए।
उप-प्राध्यापक प्रकाशचन्द्र खत्री, लेखक, जाेतिस तथा सुनार गाउँ मष्टाेका धामी पूर्णसिंह कठायत, कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले शब्द र सभ्यताको संरक्षण गर्ने तर्क गरिरहँदा आकर्षककाे केन्द्रमा थिए, उपाध्याय।
सिंजा सभ्यताबारे देशी विदेशी गरि आठ जनाले पिएचडी गर्दा, थुप्रै अध्येताहरुले अध्ययन, अनुसन्धान गर्दा, सत्यमोहन जाेशीकाे टिमले 'कर्णाली लाेक संस्कृति'का पाँचखण्ड लेख्दा सन्दर्भ सामग्री बनेका उपाध्यायले सत्रमा पुराना दिन सम्झिए।
नागराज भन्दा अगाडिका काेट र किल्लाहरुकाे रहस्य खाेले। त्यहाँ स्थापना भएको सिंजा साम्राज्यकाे उदय र पतनलाई सरल गरि बुझाए।
अहिले भाेट्या भाेटै मर्याे, भाेटका नुन दिन्या।
काे बैरि अन्तर पस्याे, भेटै नहुन्दिन्या??
याे गीतले सिंजा र भाेटकाे व्यापार सम्बन्धलाई देखाउँछ। त्यसबेला सिंजाले भाेटलाई अन्न पठाउँथ्याे बदलामा भाेटले नुन दिन्थ्याे। समग्रमा सिंजा आत्मनिर्भर थियाे। जुन चीज उत्पादन हुँदैन थियाे, त्यसका लागि भाेटसँगकाे नाका छेडेकाे थियाे। जाक्न (भेडा) यातायातका महत्त्वपूर्ण साधन थिए।
सिंजा साम्राज्य विघटनपछि स्थापित बाइसे राज्यमा जुम्ला राज्य बलियाे थियो। त्यसैले जुम्ला गाेर्खालीकाे बिजय अभियानमा तगाराे बन्याे। विभिन्न जालेझेल पश्चात् जितेपछि बहादुर शाहका सेनाले यहाँका कुनै पनि अभिलेख नरहनेगरी जलाउने, नष्ट गर्ने काम गरे। ठुलाे मात्रामा जनधनको क्षति हुन गयाे।
तल्लाे बाटाे तल्छेडेकाे माझ बाटाे हुम्लीकाे।
ताक्लाखार लडाइँ भैगाे नास पढ्याे जुम्लीकाे।।
उक्त गीले त्यही देखाएकाे छ। त्यसैले तुंगनाथ उपाध्यायले भने, 'बहादुर शाह सिंजा सभ्यता र जुम्लीका ठूला शत्रु हुन्।'
लेख उच्च काेटीकाे छ । सन्दर्भमूलक छ । केही शब्दहरु पूरा नलेखिएकाे र Typing mistake काे कारणले स्थानीय मान्छे वाहेक बाहिरका मान्छेलाई बुझ्न कठिन छ । जस्तै - हरस्याेउद्घाटन, पान्चेबाजकाे लगायत केही शब्दहरु