श्याम घिमिरेको माग- यौन व्यवसायलाई व्यवसायीकरण गरौं, पर्यटक बढ्छन्

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटकको संख्या बढाउनुपर्ने माग गरेका हुन्।  

त्यस्तै उनले उनले मन्दिर तथा धार्मिकस्थल वरपर मदिराजन्य पसलहरू राख्न नदिने र यसका लागि निश्चित ठाउँ छुट्याउनुपर्ने बताए।

उनले भने, ‘धार्मिक क्षेत्रमा पूर्णरुपले मदिरा, मासुजन्य पदार्थहरू प्रतिबन्ध गर्नुपर्छ। तर, व्यवसायिक विकासका लागि निश्चित ठाउँहरू तोकेर जानुपर्छ। मदिराको लागि छुट्टै, मनोरञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ। मैले त बारम्बार भन्ने गरेको छु- यौन व्यवसायलाई पनि व्यवसायिकरण गरौं। जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउनेछ।’

उनले धार्मिक पर्यटकले खर्च खर्च गर्ने र एडभेन्चरका पर्यटकहरू पनि कम हुने भएकोले धेरै खर्च गराउनका लागि मनोरञ्जन पर्यटनका रुपमा  यौन व्यवसायलाई व्यवसायिकरण गर्नुपर्ने तर्क पेश गरे।

उनले भने,‘मनोरञ्जनका पर्यटकलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ।’

प्रकाशित मिति: : 2025-03-16 19:50:00

प्रतिकृया दिनुहोस्