बिएल संवाददाता
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप)का चार सदस्यहरूको पद यथावत कायम गर्न रिट जारी गरेकाे छ।
मंगलबार न्यायाधीशद्धय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासले राखेप सदस्य प्रकाशकुमार कुसारीले दायर गरेको मुद्धामा सुनुवाइ गर्दै रिट जारी गरेको हो।
ओली सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राजनीतिक प्रतिशोध साँधेर परिषद्का चार जना सदस्यहरू कुसारीसहित अन्जन धमला, जनक बर्तौला र मोहमद फाजिलको पद खोसेका थिए।
मन्त्रीको निर्णयविरुद्ध चारै जनाले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थिए। सर्वाेच्चले यसअघि सो मुद्धामा अन्तरिम आदेश पनि जारी गरेको थियो। मंगलबार शर्मा र ढुङ्गानाको इजलाशले ती मुद्धामा रिट जारी गरेको हाे।
त्यस्तै कुसारीको कदमविरुद्ध युवा तथा खेलकुदमन्त्री चौधरीले दायर गरेको भ्याकेट मुद्धामा सुनुवाइ गर्दै सर्वोच्चले टेक्निकल्ली भ्याकेटमा जान नमिल्ने भनी ‘कानुन बमोजिम गर्नु’ भनेर अन्तिम सुनुवाइ गरी भ्याकेट खारेज गरी कुसारीलगायत अरु बोर्ड सदस्यहरूकाे पक्षमा आदेश दिएकाे छ।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया