भारतको सिक्किममा 'चाम्लिङ-युग'को अन्त: गोलेले गरिदिए चाम्लिङको छुट्टी

सिक्किममा २५ वर्षपछि चाम्लिङ युगको अन्त। पीएस गोलेले गरिदिए चाम्लिङको छुट्टि । फाइल तस्विर

भारतको सिक्किमबाट पवन चाम्लिङ युगको अन्त भएको छ। 

२५ वर्ष शासन गरेका पवन चाम्लिङलाई कुनै समय उनकै सहयोगी रहेका पीएस गोलेले सत्ता बाहिर पुर्याएका हुन्। 

भारतमा सम्पन्न लोकसभाको चुनावसँगै सिक्किममा यसपटक विधानसभाको पनि चुनाव भएको थियो। 

विधानसभा चुनावमा चाम्लिङको पार्टी एसडीएफ र पीएस गोलेको सिक्किम क्रान्तिकारी मोर्चा आम्नेसाम्ने भएकोमा गोलेको पार्टीले १७ स्थानमा जित्यो भने चाम्लिङको पार्टीले १५ स्थानमा विजय हासिल गर्यो। 

सिक्किमको विधानसभामा ३२ सिट रहेको छ। बहुमतको लागि १७ सिट आवश्यक पर्छ जुन गोलेको पार्टीले हासिल गरेको छ। 

सिक्किमबाट लोकसभामा पनि गोलेकै पार्टीकै इन्द्रहांङ सुब्बा विजयी भएका छन्।

 

प्रकाशित मिति: : 2019-05-23 22:55:45

प्रतिकृया दिनुहोस्