यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
सोलुखुम्बुमा आएको बाढीले जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँ ध्वस्त भएको छ। ४० बढी घर रहेको थामे गाउँमा बाढीले ७ घर पूर्णरुपले बगाएको छ भने बाँकी घरमा बाढी पसेको छ।
‘थामे गाउँमा ४० भन्दा बढी घर छन्। ७ घर बाढीले बगाइसक्यो। बाँकी अन्य घरहरूमा बाढी पसेको छ। विद्यालय, स्वास्थ्य चौकी, होटेल, लज, होस्टेल पनि बाढी पसेर क्षति गरेको छ’, वडा नम्बर ५ का सचिव सुवास तामाङले बिएल नेपाली सेवासँग भने।
शुक्रबार दिउँसो थामे गाउँमाथिबाट एक्कासी बाढी आएको थियो। बाढी आएको थाहा पाएपछि स्थानीयहरूले भागेर ज्यान जोगाएका छन्। विद्यार्थीलाई पनि गाउँमाथि लगेर सुरक्षित गरिएको थियो। ‘मानवीय क्षति त भएको छैन। बाढी आएको थाहा पाएपछि मान्छेले भागेर ज्यान जोगाए। विद्यार्थीलाई एकैपटक गाउँमाथि लगेर सुरक्षित गरियो’, तामाङले भने, ‘चौँरी भने लेकतिर चराउन लगेकाले बचेका छन्।’
बाढी कसरी आयो भन्नेमा अहिलेसम्म एकिन भएको छैन। तर थामे गाउँको उत्तरतर्फ रहेको थ्याङ्बो क्षेत्रमा रहेका हिमताल फुटेको आशङ्का गरिएको छ। थ्याङ्बो क्षेत्रमा ३–४ वटा हिम ताल रहेको र तीमध्ये कुनै ताल फुटेर बाढी आएको हुन सक्ने सचिव तामाङले बताए।
बाढीपछि थामे खोलाको तटीय क्षेत्रमा पहिरो जान थालेको छ। यसले स्थानीयलाई थप जोखिममा पारेको छ। बाढी आएपछि स्थानीयहरू भने गाउँमाथि डाँडामा पुगेका छन् र अब उनीहरूलाई कहाँ बसाउने भन्ने चिन्ता थपिएको छ।
सचिव तामाङकाअनुसार जिल्लाबाट सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा गइरहेको छ। साथमा रेडक्रस र अन्य सरकारी निकायका अधिकारीहरू पनि बाढी क्षेत्रमा पुग्ने क्रममा रहेको छ।
थामे क्षेत्रमा पुग्न लुक्लाबाट ३ दिन लाग्छ भने सोलुखुम्बुको नाम्चे बजारबाट हिँडेर ५ घण्टा लाग्ने स्थानीयले बताएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया