सन्दीपविरूद्धको मुद्दा खतिवडाको इजलासमा

नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुँदैछ।

आज सुनुवाइका लागि उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ। उक्त इजलासमा सन्दीपविरुद्धको मुद्दा पहिलो नम्बरमा परेको छ।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढे पनि स्थगित भएका थिए।

नेपालको ऐतिहासिक क्रिकेट यात्रामा सन्दीप लामिछाने पनि सँगै होलान् ? 

प्रकाशित मिति: : 2023-08-17 11:24:00

प्रतिकृया दिनुहोस्